वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियतपूर्ण कर्जा

Share
0Shares

काठमाडौं । राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ ।

काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी कृषि, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत, विज्ञान तथा प्रविधि क्षेत्रमा उद्यम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न ती त्रिपक्षीय सम्झौता भएको हो । युवा उद्यमशीलता प्रवद्र्घन गर्ने उद्देश्यले भएको उक्त सम्झौतामा रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी, एनएमबी बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार तीनवटै पक्षले आपसी सहकार्यमा नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहयोग पु¥याउने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडेर रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने बताइएको छ ।

उक्त निर्देशिका अनुसार राष्ट्रिय युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिशमा बैंकले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म परियोजना धितोमा कर्जा प्रवाह गर्ने गरी हाललाई एक अर्ब रुपैयाँसम्म ऋण प्रवाह गर्ने जनाएको छ ।

Share
0Shares
Advertisment