सुनको भाउ सस्तिने क्रम जारी, कतिमा झर्याे ?

Share
0Shares

सुनको भाउ निरन्तर चाैथाे दिन गिरावट भएको छ । फागुन ५ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदीको मूल्य पनि आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार रुपैयाँमा झरेको छ ।

बिहीबार पनि सुनको भाउ ओरालो लागेको थियो । हिजो सुन तोलामा ६०० रुपैयाँले सस्तिदा प्रतितोला एक लाख तीन हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको तोलामा पाँच रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको थियो ।

 

Share
0Shares
Advertisment