स्याङ्जा समाजले जापानका तिन ठाउँमा BBQ कार्यक्रम गर्दै

Share
0Shares

जापान । स्याङ्जा जिल्लाबाट जापानमा बस्दै आएका नेपालीहरुले सम्पुर्ण जापान बासी नेपालीहरुलाई समेटिने गरी तीन ठाउँमा फरक ‘समय पारेर BBQ को आयोजना गर्दैछन् । नेपालीहरु एकापसमा मिलेर भाईचारा सम्बन्ध स्थापित गराउन BBQ अर्थात् पिकनिक कार्यक्रम आयोजना गर्न लागिएको स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङले जानकारी दिए ।
BBQ कार्यक्रमको साथमा उनीहरुले देशको पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक घटनाक्रमका बारेमा पनि चासो व्यक्त गर्नेछन् भने आपतकालिन राहत कोषको समेत स्थापना गर्ने लक्षका साथ
बिगत बर्षहरुमा जस्तै यस वर्षपनि जापानको विभिन्न ठाउँहरुमा समर BBQ पार्टी आयोजना गर्न लागिएको समाजका उपाध्यक्ष समेत रहेका टोकियो कार्यक्रम संयोजक मनोज अधिकारीले बताएका छन्।
जापानवासी सम्पूर्ण स्याङजाली अनि स्याङजा जिल्ला बाहिर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा समेत उपस्थितिको लागि उनीहरुले हार्दिक निमन्त्रणा गरेका छन् ।
जापानमा अध्ययन एवं काममा व्यस्त रहेका नेपालीहरुले संस्थागत रुपमाा यस्ता कार्यक्रम गरेर आफ्नो व्यस्त दैनिकीलाई सामान्ययीकरण गर्दे आएको पाईन्छ ।
जापानमा गरिने कार्यक्रमको तालिका निम्नानुसार रहेको छ ।
१. नागोया
मिति ः २०२३/ ५/ २७ शनिबार
स्थान ः आराकोगावा पार्क
समय ः दिउँसो १२ देखी ५ बजे सम्म

२. सिजुओका
मिति ः २०२३÷०६÷११ आईतबार
स्थान ः आवेकावा पार्क
समय ः विहान १० बजेदेखि ४ बजे सम्म

३. टोकियो
मिति ः २०२३÷०६÷११ आईतबार
स्थान ः कोगानेई पार्क BBQ ZONE
समय ः विहान १० बजेदेखि ४ बजे सम्म

कार्यक्रम खानपिनको लागि मात्र नभई बिदेशमा कामको थकान कम गर्न तथा नेपाली नेपाली बिचको सम्बन्ध प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देलको भनाई छ । साथै नेपाली नेपाली बिच परिचयात्मक कार्यक्रम साथै दुख सुख साटासाट गरि नेपालीहरुको भाईचारा सम्बन्ध लाई प्रगाड बनाउने बताइएको छ ।
कार्यक्रममा बिभिन्न परिकार टिपिकल नेपाली स्वादमा बनाउन लागिएको नागोयाका कार्यक्रम ब्यवस्थापन संयोजक सुर्य पोखरेलले बताएका छन् ।
नागोयाको BBQ स्थान स्टेसन बाट हिडेर ५ मिनेटको दुरिमा रहेकोले पाहुनाहरुलाई आउन जान सजीलो रहेकोले उल्लेखनीय उपस्थीती हुने नागोयाका अतिथी संस्कार संयोजक राजेन्द्र लम्साल ले जानकारी दिएका छन्।

Share
0Shares
Advertisment