संगीत,गायन र शब्दमा जमेका मोहन

Share
0Shares

बुटवल, ९ भदौ । नेपाली लोक संगीतका पारखीहरूले मन मुटुमा सजाएको नाम हो मोहन खड्का । एक दशक देखि संगीतको क्षेत्रमा उदाएका मोहनालई पराई संग नाता बोलको गीतले पछाडी फर्केर हेर्नु परेन । त्यसपछिका मर्ने मिति,आज भन्दा भोली माया, सुन सबैले सुन,मैलो रिबन, सुन्तला गुलियो, मान्छे सानी छु, दन्ते ओखर, रुने भयो काम ,लालटिन र चिसो महिना पुषैको लगायतका गीतले बजारमा मोहन खड्कालाई चिनायो । बिन्दबासिनी फाउन्डेसनको आजीवन सदस्य तथा भावना म्युजिक सोलुसनको सदस्य समेत रहेका मोहनको जन्म पाल्पाको रामपुरमा भएको हो ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान अनामनगर कमिटिका अध्यक्ष समेत रहेका मोहन लोक संगीत क्षेत्रमा गायन, संगीत, कम्पोजर, र शब्द संकलकको रूपमा समेत परिचित छन् । दर्शकको माया र सद्भाव नै जीवनको अवार्ड मान्ने मोहनले उत्कृष्ट लोक गायक अवार्ड २०१९, उत्कृस्ट लोक तथा दोहोरी गीत कम्पोजर अवार्ड २०१९, उत्कृस्ट लोक दोहोरी गायक राप्ती अवार्ड २०१९ बाट पुरष्कृत भएका छन् । दर्शकको अपार मायाले लोक संगीतमा टिकिरहन सकेको छु – उनले हाँस्दै भन्छन । दर्शकको रोजाई अनुसारको फरक स्वादको गीत पस्किन माहिर मोहनले करिव १ सय ५० गीत संगीतमा काम गरिसकेका छन् ।

पछिल्लो समय लाइभ दोहोरीमा जमेका मोहन खड्का आवाज संगीत र गीत लेखनमा समेत उत्तिकै रोजाइमा पर्छन । लाइभ दोहोरीमा भेटिने उनी पछिल्लो समय आफै मोडलिङ्ग समेत गर्दछन । यहि बर्ष दर्शकको माग अनुसारको अर्को गीत ल्याउने तयारीमा रहेका मोहन अहिले लोक संगीतकै श्रीवृद्धि मै समय खर्चिन्छन । सुहाउँदो जिऊडाल र सुमधुर स्वरका धनी मोहनको आवाजलाई दर्शकले औधी रुचाएका छन् ।

 

Share
0Shares
Advertisment