५० लाखको लगानीमा खुल्यो फ्लोरा नर्सरी एण्ड गार्डेन सेन्टर

Share
0Shares

चितवन – ५० लाखको लगानीमा भरतपुर ७ क्यान्सररोडमा आजदेखी फ्लोरा नर्सरी एण्ड गार्डेन सेन्टरले औपचारिक रुपमा आफ्नो सेवा शुरु गरेको छ । आज (शनिबार) एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका उपप्रमुख एवंम् कार्यक्रमका प्रमुख अतिथी चित्रसेन अधिकारिले उक्त नर्सरीको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारिले आर्थिक एवंम् राजनैतिक हबको रुपमा परिचित यो वार्डमा स्थानीय महिलाको नेतृत्वमा गर्न लागेको नर्सरी एवं कृषि उत्पादन सम्बन्धी यो ब्यवसायको सफलताको शुभकामना व्यक्त गरे ।

त्यस्तै उनले हिजोका दिनमा गृहिणीको मात्र परिचय बोक्ने महिलाले पचास लाख लगानी गरेर संयुक्त लगानीमा ब्यवसायिक परिचय बनाउदै हुनुहुन्छ मलाई लाग्छ यो अत्यन्त राम्रो शुभ-संकेत हो ।

फ्लोरा नर्सरीका संचालिका शिला पाण्डेका अनुसार करिब ५० लाखको लगानिमा २ जनाको पार्टनरशिपमा ४ कट्ठा क्षेत्रफलमा नर्सरी संचालनमा ल्याइएको हो । नर्सरीबाट घर अफिसका लागि आवस्यक इन्डोर प्लान्ट एवम गार्डेन तथा रोड साइड प्लान्ट जस्ता आउट डोर प्लान्टहरु उत्पादन गरि बिक्री वितरण गरिन्छ ।

नर्सरीमा बिरुवा उत्पादनका लागि ३ वटा ठुला टनेल छन् भने इन्डोर प्लान्टका लागि आवश्यक साना तथा ठुला गमलाहरु पनि पाइने उनको भनाइ छ । हामीले यहाँबाट इन्टेरियर एवं एक्स्टेरियर प्लान्ट डिजाइनिङ्गको सेवा पनि प्रवाह गर्दछौं ।

हिजोआज घर, अफिस, साना तथा ठुला होटल रेष्टुरेन्टहरुमा ग्रीन हाउस डिजाइनिङ्ग गर्ने चलननै चलेको छ त्यसैले पनि यस्को स्कोप छ र हामी त्यो सेवा दिन सक्छौं भन्ने आत्मबिश्वास भएरनै यो ब्यवसाय शुरु गरेको समेत उनले बताइन् ।

कार्यक्रममा बिशिस्ट अतिथिहरु उधोग बाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, सिर्जना टोलबिकास सस्थाका अध्यक्ष रुपक राज अधिकारी, सिर्जना महिला समुहकी अध्यक्ष रश्मि खनाल, भरतपुर ७ का अध्यक्ष राजेन्द्रमणी काफ्ले लगायतले ब्यवसायिक सफलताको शुभकामना दिदै मन्तब्य ब्यक्त गरेका थिए ।

 

Share
0Shares
Advertisment