चटपट र पानी पुरी भन्ने बित्तिकै भारतीय र तराईमुलका व्यक्तिले गर्ने व्यवसायको रुपमा चिन्ने गरिन्छ । तर पछिल्लो समय नेपाली नागरिकले पनि यस व्यवसायलाई अगाल्न थालेको पाइन्छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–३ थर्पुका ३२ बर्षीय लोकबहादुर थापा केही समय दमौलीको एक मासु पसलमा काम गर्दथे ।
बिहानदेखि बेलुकासम्म मासु काट्दा गाह्रो हुन थालेपछि बैकल्पीक पेशाको रुपमा चटपट र पानीपुरी पसल गर्ने सोच बनाए थापाले ।
शुरुमा करिब रु.सात हजार लगानी गरी ठेला,चटपट र पानीपुरीका लागि आवश्यक पर्ने सामाग्री जुटाएर व्यवसाय अघि बढाएको थापा बताउँछन् ।
शुरुमा ठेला लिएर बजारमा निस्कदाँ अप्ठ्यारो महसुस हुने गरेपनि अहिले सहज भएको थापा बताउँछन् । बजारमा चटपट र पानी पुरी बिक्रीका लागि दमौली बजार निस्केको पहिलो दिनमै व्यासका नगरप्रहरीले ठेला सहित नियन्त्रणमा लिएको उनले दुखेसो पोखे ।
व्यास नगरपालिका कार्यालयले दमौली बजारमा ठेला संचालनमा पूर्ण रुपमा रोक लगाएका कारण चलाउन दिएको छैन् । जेनतेन गरेर जोडेको ठेला निकालि दिन केही व्यक्तिलाई दुखेसो पोखेपछि कार्यालय समयमा नचलाउने भन्दै नगरपालिकाले ठेला फिर्ता गरेको थापा बताउँछन् ।
उक्त दिनदेखि साँझ ५ बजेपछि मात्रै बजारमा बिक्रीका लागि ठेला लिएर निस्किने गरेको थापाले बताए । करिब एक बर्ष अघि व्यवसाय थालेका थापाले व्यवसायीबाटै राम्रै आम्दानी गरी पाँच जनाको परिवार सजिलै पाल्दै आएका छन् ।
थापाले दैनिक रु.एक हजार देखि एक हजार पाँच सयसम्म कमाउँदै आउनुभएको छ । बिदेशमा जाउँ कसले दिन्छ दुई÷तीन लाख ? स्वदेशमै बसेर परिवारको साथमा रमाउँन पाउँदा खुशी लागेको छु । उनले भने, ‘काम सानो भन्ने हुदैन्,यसैमा सन्तुष्ट मिलेको छ ।’
उक्त व्यवसायको कमाईबाट दुई छोरी,एक छोरा सहित पाँच जनाको परिवार पाल्दै र छोराछोरीलाई पढाउँदै आएको थापा बताउछन् ।
अर्गानिक किसिमका परिकार राखेर चटपट र पानीपुरी बनाउने गर्दा खाना आउने ग्राहकको संख्या बढ्ने गरेको छ । पैसा मात्रै ठुलो कुरा होइन्,मानिसको स्वास्थ्यको ख्याल गर्दै बनाएर दिने गरेको छु । उनले भने, ‘नेपाली नागरिकले बनाएको परिकारमा नेपाली नागरिकले नेपालीपन देख्दा खुशी लाग्छ ।’
चटपट व्यवसायमा रमाएका तनहुँका ३२ बर्षीय लोकबहादुर थापा !
२५ माघ २०८०, बिहीबार
244
Share
Advertisment