११९ वर्षीया ब्लेड निर्माता कम्पनी जिलेटको कथा, जसलाई सेनाले लोकप्रिय बनाएका थिए

Share
0Shares

आज, रेजर र ब्लेड क्षेत्रमा एक प्रसिद्ध नाम हो, जिलेट। तर जब यो सुरु भएको थियो, त्यतिखेर दाढी बनाउनु एक गाह्रो काम थियो। त्यतिबेला ब्लेड वा रेजरको प्रकृति यस्तो थिएन।

सन् १९०० मा बजारमा प्रवेश गरेपछि जिलेटले आफ्नो बजार परिवर्तन गर्‍यो। आफ्नो उत्पादनहरु मार्फत, यसले विश्वभर दाढी बनाउने प्रक्रियालाई सजिलो बनायो र बजारमा यस्तो छाप बनायो कि आज पनि यो आफ्नो क्षेत्रका कम्पनीहरुमा शीर्ष स्थानमा छ।

भारतमा यसको नाफा वर्षेनी बढ्दै गएको छ। सन् २०२२ को जुलाई–सेप्टेम्बर त्रैमासमा कम्पनीको नाफा ६ प्रतिशत बढेर ८६.८ करोड रुपैयाँ पुगेको छ।

यसरी आयो ब्लेड बनाउने विचार

१८०० को मध्यमा, पुरुषहरू बीच क्लिन शेभ सहित जुँगा राख्ने प्रवृत्ति बढ्दै गएको थियो। त्यतिखेर आजको जस्तो दाढी काट्ने ब्लेडहरू थिएनन्। काँसाको धारिलो, गोलो टुक्रा खौराउन प्रयोग गरिन्थ्यो। यसपछि १८९० सम्ममा स्ट्रेट रेजरको चलन सुरु भइसकेको थियो। तिनीहरू टिकाऊ मानिन्थ्यो। जिलेटको सुरुवात गर्ने आविष्कारक किंग सी जिलेट पेशाले ट्राभल सेल्सम्यान थिए। १८९५ मा एक दिन उनी शेभिङ्ग गर्दै थिए। यस क्रममा उनले आफ्नो रेजरको किनारा कम भएको देखे। त्यहीँबाट उनलाई पातलो स्टिल ब्लेडको रेजर बनाउने आइडिया आएको थियो।

यो ब्लेड तयार गर्न ८ वर्ष लाग्यो

जिलेट यस्तो ब्लेड बनाउन चाहन्थे जसलाई परिवर्तन गर्न सजिलो र सस्तो होस्। यस्तो ब्लेड तयार गर्न, उनले प्रसिद्ध संस्थान एमआईटीका वैज्ञानिकहरूसँग कुरा गरे, तर उनीहरूले अस्वीकार गरे। यसपछि उनले आविष्कारक विलियम निकरसनसँग कुरा गरे। सुरुमा अस्वीकार गरेपनि अन्ततः उनले ब्लेड बनाउन राजी भए। धेरै वर्षको प्रयास पछि, अन्ततः ब्लेड तयार भयो। जसलाई जिलेटले १९०३ मा आफ्नै नाममा बजारमा ल्याए र सन् १९०४ मा पेटेन्ट गराए।

यसरी लियो जिलेटको ब्लेडले गति

जिलेटले राम्ररी बुझे कि उनीहरूलाई ब्लेडले सफलता दिलाउनेछ, रेजरले होइन। त्यसैले विज्ञापन मार्फत ब्लेडको प्रचार गर्न थाले। विस्तारै ब्लेडको फाइदा जनतामा पुर्‍याउन सेलिब्रेटीको सहयोग लिन थालियो।

पहिलो विश्वयुद्धको समयमा, कम्पनीले अमेरिकी सैनिकहरूका लागि विशेष किटहरू डिजाइन गरेको थियो। हरेक सिपाहीसँग शेभिङ किट हुनुपर्छ भन्ने तरिकाले प्रचार गरियो। यो रणनीतिले काम गर्यो। विश्वयुद्धको समयमा, अमेरिकी सैनिकहरूले ३.२ करोड ब्लेड र ३५ मिलियन रेजर प्रयोग गरे। सिपाहीहरूमा यी उत्पादनहरूको प्रयोग बढेपछि कम्पनीको नाफा द्रुत रूपमा बढ्न थाल्यो।

सन् १९८४ मा कम्पनीले भारतीय बजारमा प्रवेश गर्यो। २००५ सम्म, जिलेट एक स्वायत्त कम्पनी थियो, तर २००५ मा यो पीएण्डजीले खरिद गर्यो। अहिले जिलेटले पीएण्डजीको सहायक कम्पनीको रूपमा काम गर्छ।

Share
0Shares
Advertisment