कृषि क्षेत्रको विस्तार आयत र रेमिट्यन्स प्रतिस्थापन गर्न सक्छ ः रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता पौडेलद्धारा कोरोनाका कारण अर्थतन्त्रमा पर्ने असरबारे विज्ञहरुसंग छलफल

Share
0Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् ।

नेता पौडेलले शुक्रवार फेसबुक लाईभ मार्फत नेपालको अर्थतन्त्रका आधारहरु उर्जा, पर्यटन र कृषि मध्ये उर्जा र पर्यटनको संभावना कोरोनाका कारण न्यून भएकाले कृषि मात्र विकल्प भएको बताए । उनले कृषिको विस्तारले मुलुकको आयत र रेमिट्यन्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए ।
पौडेलले कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको वजारलाई विस्तार गरेर विचौलियाको राज अन्तय गर्न जरुरी भएको बताए । उनले नेपालका उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरि जग्गाको उपयोग गर्नुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले लकडाउनको अवस्थामा पनि कृषि उपजलाई वजारमा पठाउन रोक नलगाउन समेत आग्रह गरे । पौडेलले किसानको उत्पादन नष्ट हुने तर वजारको अभावलाई अन्त्य गर्नका लागि कृषि लकडाउनको अवस्थामा पनि कृषि उपजलाई वजारमा ल्याउने व्यवस्था गर्न माग गरे ।
नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने बताए । उनले जनताको सेवा र जनतालाई टेवा दिनका लागि सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।

त्यसैगरि नेता पौडेलले विहिवार भिडियो कन्फरेन्स मार्फत  योजना आयोगका पूर्व उपाध्यक्षहरु डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, प्रो डा इन्जिनियर कमल रिजाल, डा सुरज पोखरेल, डा सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँई सग छलफल गरेका थिए  उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए । छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो । विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए । छलफलमा सहभागि डा स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए ।
छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधीको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए ।

Share
0Shares
Advertisment