भरतपुरमा सडक विस्तारका लागि बनाइएको नालीको खोँचमा परेर गैंडाको मृत्‍यु

Share
0Shares

चितवन, ९ माघ।  नारायणगढ पुल्चोक(गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीको खोँचमा परेर  एक गैंडाको मृत्‍यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ९ ग्रोृगोन्द्राङस्थित प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीको खोँचमा गएराति रडमा उनिएर नालीमा खसेर गैंडाको मृत्यु भएको हो ।

बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्थामा गैंडा सो नालीमा परेको अनुमान गरिएको छ । घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन ।निकुञ्जको टोली घटनास्थलतर्फ जाँदै गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ठेकेदारले लापरबाही गरी नाली निर्माण गर्दा खनेको खोँचको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमासमेत समस्या हुँदै आएको छ ।

Share
0Shares
Advertisment