नौ कुकुर, सोह्र बिराला र चाँदनी

Share
7Shares

डेबिड…सोफिया…लुसी…लक्की… यस्तै नाम लिदा लिदैँ पुच्छर हल्लाउँदै आइपुग्छन्चाँदनी नजिकै केही कुकुर र बिराला। कसैको शरीरभरि घाउ छकसैको खुट्टा छैनकोहीको शरीर दुब्लो छकोहीको भने आँखा नै छैन। यो दृश्य चाँदनीले नै शुरु गर्नुभएको पोखरा स्थित छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टरको हो। चाँदनीले विभिन्न समयमा समुदायबाट अपहेलनामा परेकाएक्लिएकादुर्घटनामा परि घाइते भएका कुकुर र बिरालोहरूलाई उद्धार गरि आफ्नै सुरक्षामा उनीहरूको रेखदेख गरिरहनुभएको छ।

२७ वर्षीया चाँदनी थापा मगरको घर कास्की निर्मलपोखरी हो। तर चाँदनीको बसाइँ अहिले यही स्याहार केन्द्रमा छ। आफूले उद्धार गरेर ल्याउनुभएको अरु ९ सामुदायिक कुकुरहरू र १६ बिरालोहरू अहिले एकै छतमा बस्नुहुन्छ चाँदनी । पोखरा र त्यसवरपर भेगमा जोखिमको अवस्थामा रहेका जनावरहरूलाई चाँदनी सहयोग गर्नुहुन्छ र परेको खण्डमा आफ्नो स्याहार केन्द्रमा ल्याएर राख्नुहुन्छ।

चाँदनी सबेरै उठेर त्यहाँ रहेका कुकुर बिरालोहरूलाई खाना तयार पार्नुहुन्छ। खाना दिएर १० बजे सहकारीमा जागिर गर्न पुग्नुहुन्छ। साँझ ५ बजे काम छुट्ने बित्तिकै चाँदनी हतारिएर स्याहार केन्द्र आइपुग्नु हुन्छ र फेरि खानेकुरा दिनुहुन्छ। ती सबै कुकुर र बिरालोहरूसँग खेल्नुहुन्छ। यसरी नै चाँदनीको दिनचर्या बित्ने गरेको छ।

पढाईमा स्नातक गर्नुभएको चाँदनीले सानैदेखि नै घर र आफ्नो समाजमा भेटिने जनावरहरूलाई औधी माया गर्नुहुन्थ्यो। हेलामा परेकाएक्लै भएर भौँतारिएका कुकुरबिरालोहरूलाई घरमा ल्याउँदै राख्न थाल्नुभयो। कुकुर र बिरालो दिनदिनै थपिन थालेपछि घरपरिवार र समाजले चाँदनीलाई गाली गर्न थाले। त्यसपछि चाँदनीको मनमा उनीहरूका लागि छुट्टै घर बनाउनुपर्छ भन्ने लाग्यो।

चाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टरको स्थापना

चाँदनीको बुवा भारतीय रिटायर्ड आर्मी हुनुहुन्छ। घरमा बाबा आमादाइभाउजु र भाइ छन्। चाँदनीको यस काममा घरपरिवारले सहयोग गरेका छन्। पोखरा छोरेपाटनमा रहेको आफ्नै जग्गामा जनावरहरूका लागि स्याहार केन्द्रको स्थापना गर्ने चाँदनीले सोच्नुभयो। पोखरामा जनावरहरूको उत्थान र स्याहारका लागि एकदुईवटा मात्र गैरसरकारी संस्था छन्। यस्तै केही व्यक्तिगत समुहहरूले समुदायका जनावरहरूलाई खाना खुवाउने काम पनि गर्छ। उद्धार गरेर लामो समयका लागि स्याहार गर्ने ठाउँ भने पोखरामा थिएन। त्यसैले चाँदनीले जनावरको उद्धार तथा स्याहार केन्द्रको स्थापना गर्न लागि पर्नुभयो।

परिवारको सहयोगले आफ्नै जग्गामा गत वर्षको साउनबाट काम सुरु गर्नुभयो। त्यसका लागि चाँदनीले केही रकम ऋण लिनुभयो भने बाँकी सहयोगको याचना पनि गर्नुभयो। चाँदनी आफूसँगै आफ्ना चिनजानका साथीहरूलाई पनि केन्द्रको भवन बनाउनका लागि सहयोग माग्नुभयो र आफैले ढुंगाबालुवा उठाएरदिनरात खट्टिएर भवन बनाउने काम गर्नुभयो।

४ महिनाको अवधिमा स्याहार केन्द्र बन्योत्यसको नामकरण गर्नुभयोचाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टर। त्यसलगत्तै चाँदनीले आफूसँग आश्रय लिएका जनावर तथा समुदायमा रहेका जोखिमको अवस्थामा रहेका नयाँ जनावरहरूलाई उद्धार गरि ल्याए स्याहार केन्द्रमा राख्न थाल्नु भएको छ। उनीहरूलाई खाना दिनेस्याहार गर्ने र उपचार गर्ने सबै काम चाँदनी एक्लैले नै गर्नुहुन्छ। उनीहरूलाई कसैले सुरक्षित रुपमा पाल्नलाई लिन आयो भने मात्रै त्यहाँबाट पठाउनुहुन्छ। स्याहार केन्द्र हाल दर्ता प्रक्रियामा पनि छ। यसको निर्माणका लागि करिब १० लाख रूपैयाँ खर्च लागेको छ। केन्द्र निर्माणका क्रममा धेरै व्यक्ति तथा समुहहरूले सहयोग पनि गर्नुभयो। अहिले सहकारीमा काम गर्दै र केही व्यक्तिहरूको सहयोगको भरमा चाँदनीले ऋण पनि तिर्दै हुनुहुन्छ। स्याहार केन्द्र निरन्तर संचालनका लागि सहयोगको याचना पनि चाँदनीले गर्नुभएको छ।

कसैको गाली, कसैको ताली

आफ्ने नेतृत्वमा दुई वर्षअघि चाँदनीले जनावरहरूलाई जोखिमको अवस्थाबाट उद्धारको काम सुरु गर्न थाल्नुभयो। यससँगै कोभिडको समयमा विभिन्न ठाउँको समुदायमा रहेका जनावहरूलाई खाना बाड्ने काम पनि गर्नुभयो। यस्तो काम गरिरहदाँ प्रशंसा पाउनुपर्नेमा चाँदनीले झन् गाली खान पर्‍यो र अपमानित हुनुपर्‍यो। चाँदनी भन्नुहुन्छ, ‘जनावरलाई माया गरेर खाना बाड्नस्याहार गर्न थालेपछि मैले गाली धेरै खाएँ। काम नपाएर यस्तो काम गर्दै हिडेँकी छविहे गर्नेबेलामा यस्तो नराम्रो काम गरेकी छ भन्ने धेरै सुनेँ। मेरा परिवारलाई नै गएर मेरो बारेमा नराम्रो कुराहरू गर्ने पनि गरेका छन्। यी कुराहरूले दुःखी बनाउँछ तर जनावरहरूप्रतिको माया कति पनि कम हुन दिदैँन। यिनै जनावरहरू नै चाँदनीको हिम्मत र सहारा बनिदिएका छन्। जनावरप्रतिको प्रेम र निरन्तरको कामले चाँदनीलाई चिन्नेहरूचाहिँ प्रशंसा गरेर थाक्दैनन। उनीहरूले चाँदनीलाई सहयोग गरेका छन् र सम्मान पनि दिएका छन्।

जनावरप्रतिको मायाले नै सानैमा चाँदनीले माछामासु खान छाड्नुभयो। आश्रयमा रहेका कुनै जनावर बिरामी भए चाँदनीलाई आफ्नो परिवारको सदस्य नै कोही बिरामी भएजस्तो लाग्छ। केही समयअघि जनावरहरूमा आएको भाइरसले गर्दा चाँदनीले स्याहार केन्द्रमा रहेका धेरै जनावरहरू गुमाउनुपर्‍यो। यसले चाँदनीलाई निकै दुःखी बनायो। आफैले स्याहार गर्दागर्दै जनावर गुमाउनुपर्दा निकै पीडा हुने गरेको चाँदनी बताउनुहुन्छ। कसैले जनावरलाई दुव्र्यवहार गर्नेजस्ता घटना देख्दा चाँदनीलाई बरु वास्ता नगरिदिए हुन्थ्यो तर आफूसंग भएका जनावरलाई घृणा नगरी माया र सम्मान गरिदिए हुन्थ्यो जस्तो लाग्छ। चाँदनी भन्नुहुन्छ, ‘उनीहरू बोल्न सक्दैन्न् तर उनीहरू सबै कुरा बुझ्छन्। चोट लागे उनीहरूलाई पनि उत्तिकै पीडा हुन्छ जति मान्छेलाई हुन्छ। बरु वास्ता नगरुन् तर आफूसंग भएका जनावारलाई पिट्नेदुव्यवहार गर्ने काम गर्नु हुदैँन। उनीहरूलाई मायाको खाँचो छ। चाँदनीको अबको योजना स्याहार केन्द्रलाई सक्षम रुपले अघि लैजाने छ। अझ धेरै जोखिमको  अवस्थामा रहेका जनावहरूलाई उद्धार गर्ने र जनचेतनाको काम गर्ने सोच छ। चाँदनीले भन्नुभयो, ‘मेरो सास रहुन्जेलसम्म यी जनावरहरूकै लागि काम गर्छु।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Share
7Shares
Advertisment