राष्ट्रिय एकताको भावना सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न विवाह पञ्चमी पर्वले प्रेरणा मिलोस् :राष्ट्रपति भण्डारी

Share
0Shares

काठमाडौँ, ४ पुस । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली समाज ऐतिहासिक कालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र भएको र मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको बताउनुभएको छ ।

उहाँले माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न विवाह पञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु भन्नुभएको छ ।

Share
0Shares
Advertisment