बुद्ध एअरद्धारा १०० दिनमा ३ लाख ७५ हजारबढी यात्रुलाई हवाईसेवा

Share
0Shares

काठमाडौँ, १४ पुस । कोभिड–१९ का कारण लामो समयसम्म हवाई उडानहरु बन्द थियो । सुरक्षित तथा संक्रमणरहित उडानका लागि बुद्ध एयर शुरुवाती दिनदेखि नै कोभिडविरुद्ध सुरक्षा निर्देशिका तयार, तालिम प्रदान तथा महिनांैसम्म पूर्वअभ्यास गरेको थियो । यसका लागि नागरिक उड्डयन प्राधिकरणको पहल, सहयोग र सल्लाह उत्तिकै महत्वपूर्ण छ ।

‘हाम्रा हरेक उडानमा यात्रु संख्या थपिदै जानु हामीले अपनाएको पूर्ण सुरक्षित तथा संक्रमणरहित विधि नै हुनुपर्छ,’ बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले भने ।

हरेक उडान अगाडि जहाजलाई अन्तर्राष्ट्रिय संस्थाले सुझाएको विधि तथा केकिमल प्रयोगले सरसफाई, कर्मचारीलाई आवश्यक तालिम, पीपीई तथा अन्य सुरक्षाका उपायबारे ज्ञान लिएर हरेक यात्रुलाई मास्क तथा जहाजमा फेससील्डको अनिवार्य प्रयोगले बुद्ध एयरका हरेक उडान संक्रमणरहित भएको प्रेस विज्ञिप्तमा उल्लेख छ ।

दैनिक चार दर्जनभन्दा बढी उडान, १५ गन्तव्य तथा सरदर ३७०० बढी यात्रु गरि बुद्ध एयरले विगत १०० दिन (सेप्टेम्बर २१ देखि डिसेम्बर २९) मा ३ लाख ७५ हजारभन्दा बढी यात्रुलाई सेवादिन सफल भएको छ ।

बुध्द एयरसँग दुई बीचक्राफ्ट, ३ एटीआर ४२ र ८ वटा एटीआर ७२ जहाज रहेको छ । यसले आन्तरिक १५ गन्तव्यमा दिनहुँ उडान भर्ने गरेको छ ।

Share
0Shares
Advertisment