बीपीको ‘आत्मावृतान्त’ लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने

Share
0Shares

काठमाडौँ, १३ माघ । बीपी विचार राष्ट्रिय समाज, जापानले राजनेता बीपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृतान्त’ लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको छ । कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बीपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बीपीको कृति ‘आत्मावृतान्त’ लाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र विक्रि एवम् वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ ।
बीपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले शाखाका संयोजक प्रा डा. श्री सुदिप अधिकारीको संयोजकत्वमा प्रा.डा. विश्वराज कंडेल, सुश्री सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बीपीका कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरी प्रथम चरणमा बीपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ लाई जापानी भाषामा अनुवाद गर्न प्रा.डा. सुदीप अधिकारीको संयोजकत्वमा चुवु विश्वविद्यालय, जापानका प्रा.डा. विश्वराज कंडेल र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक श्री ताकाओ ऊ रहनु भएको तीन सदस्यीय ‘बीपीको आत्मवृतान्त अनुवाद तथा व्यवस्थापन उपसमिति’ गठन भएर काम अगाडी वढिरहेको छ । समाजको एशिया प्यासिफिक समितिका संयोजक सुभाष लोहनी अनुवाद तथा प्रकाशन समितिको सल्लाहकार रहनु भएको छ ।
बीपी विचार राष्ट्रिय समाज, नेपालको कार्यसमिति वैठकले कृति प्रकाशन र कपि राइट स्वीकृति लगायतको काममा नेपालको तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्न समाजको संस्थापक केन्द्रीय सदस्य लोकेश ढकाललाई संयोजक तोकेर आवश्यक प्रक्रिया अगाडी बढाएको थियो ।

Share
0Shares
Advertisment