नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न

Share
0Shares

१० माघ, हेटौंडा । नेपाल शिक्षक संघ नगर कार्यसमिति हेटौंडाको तेस्रो स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ हेटौंडा नगर अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपाध्यक्ष प्रेमप्रसाद भट्टराईको प्रमुख आतित्थयता रहेको थियो ।


कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम पार्टी प्रवक्ता प्रदिप कोइराला, हेटौंडा नगरसभापती आनन्दराम पराजुली, नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दहाल, नेपाल शिक्षक संघ हेटौंडा नगरउपाध्यक्ष परमानन्द सरोज कर्ण लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ हेटौंडा नगरसमितिका सचिव श्रीराम लुइटेल, अर्र्थ सचिव सुप्रिया चौलागाईले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै उक्त अवसरमा शिक्षक संघ हेटौंडा नगरसमितिले यसबर्ष स्वेच्छिक अवकास एवम् अनिवार्य अवकास पाएका ८ जना शिक्षकहरुलाई कदरपत्र सहित सम्मान गरेको छ ।
यसैगरी सभाको अवसर पारेर नेपाल शिक्षक संगठनमा अवद्ध रहेका तीनजना शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेको सचिव श्रीराम लुइटेलले जानकारी दिए ।

Source: https://www.prastakhabar.com

Share
0Shares
Advertisment