विभिन्न खोप उत्पादक मुलुकसँग थप खोप ल्याउन सरकारद्धारा पत्राचार

अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ । मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै करिव ५० लाख खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिनुभयो

Share
0Shares
काठमाडौँ, १० जेठ \ सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ । मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै करिव ५० लाख खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिनुभयो । ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको उहाँको भनाई छ ।
“खोप उत्पादक देशसग व्यक्तिगत, राजनीतिक र कुटनीतिक पहल भइरहेको छ,” उहाँले भन्नुभयो, “यसैले खोप चाँडै आउँछ ।”उहाँले अन्तराष्ट्रिय बजारमा खोप नभएकोले आउन ढिलाई भइरहेको जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले युरोपियन युनियसँंग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको समेत जानकारी दिनुभयो । अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले आठ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा र १० लाख कोभिशिल्ड खोप खरीद गरेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्री त्रिपाठीले अवको चार हप्तामा सङ्क्रमण घट्दै जाने बताउनु भएको छ । विगत केही दिनदेखि सङ्क्रमण घट्दै गएकाले आगामी चार हप्तामा घट्ने उहाँको भनाई रहेको छ ।
उहाँले सरकारले निषेधाज्ञा जारी गरेपनि जनस्वास्थ्यका मापदण्ड लागु नभएको बताउनुभयो । मन्त्री त्रिपाठीले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले भौतिक पूर्वाधार पनि उल्लेखनिय रुपमा जोडिएको जानकारी दिनुभयो । उहाँका अनुसार भेन्टिलेटर ५७७ थप गरिएको र १०४ वटा थप्ने क्रममा रहेको छ । यस्तै सघन उपचार कक्ष ९आइसियु० ४०० थप गरि तीन हजार पु¥याइएको र ६३० थप्ने योजना रहेको छ । हाइ डिपेन्डेन्सी युनिट ९एचडियु० दुई हजार २७५ सरकारी र नीजि अस्पतालमा ७७८ थपिएको तथा ४०० थप गर्ने योजना रहेको छ । मन्त्री त्रिपाठीले विज्ञले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणक लागि देशभरका १५७ अस्पताललाई सूचीकृत गरि उपचार गरिरहेको छ । तिमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीले गत वैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना गरेको जानकारी दिनुभयो ।
Share
0Shares
Advertisment