गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त

“अदालतबाट जारी भएको अन्तरिम आदेशपश्चात परिस्थितिमा परिवर्तन भई हाल निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन”, आदेशमा भनिएको छ,

Share
0Shares

काठमाडौँ, ३१ जेठ  \ सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा नेपाल कृष्ण थापाको पुनर्बहाली गर्न दिएको रिट निवेदन खारेज गर्ने आदेश जारी गरेको छ ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र डा कुमार रेग्मीको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो । विवादको औचित्य नै समाप्त भएको उल्लेख गर्दै अदालले रिट निवेदन नै खारेज गरिदिएको हो । “अदालतबाट जारी भएको अन्तरिम आदेशपश्चात परिस्थितिमा परिवर्तन भई हाल निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन”, आदेशमा भनिएको छ, “यस अवस्थामा निवेदक कृष्ण थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न भनी यस अदालतबाट यही जेठ २३ जारी भएको अन्तरिम आदेश निरन्तरता नदिई निवेदन खोरज गरिएको छ ।”

Share
0Shares
Advertisment