काठमाण्डौ । विगत केही दिनदेखिको नेप्से परिसूचक हेर्दा बजार रुमल्लिएको देखिन्थ्यो। बजार न त बढ्न सकेको थियो न त घट्न नै। बजारले गुड न्युज पर्खिएको र उक्त न्युजपश्चात नेप्से परिसूचकले नयाँ हाई बनाउने पक्का भएको बजारका सक्रिय लगानीकर्ता तथा लगानीकर्ता संघसंगठनका अगुवाहरु बताउँदै आएका थिए। उक्त गुड न्युज ‘चुनावको मिति’ थियो।