उवासंघ चितवनको मतपरिणाम सार्वजनिक

Share
0Shares

चितवन, चैत १–

उद्योग वाणिज्य संघ–चितवनको सोमबार सम्पन्न निर्वाचनबाट दुई उपाध्यक्षमा सिरिष पन्त र राजेन्द्र ओली निर्वाचित भएका छन् ।

मंगलबार विहान सार्वजनिक मतपरिणाम अनुसार वाणिज्यतर्फको उपाध्यक्षमा युवा व्यवसायी पन्त मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी शंकर नेपालले मात्र मत प्राप्त गरे ।

यस्तै वस्तुगततर्फको उपाध्यक्षमा युवा व्यवसायी ओली मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी इ.भोजराज कौडालले मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित दुवैजना संस्थापन इतर समूहका हुन् ।

यस्तै वाणिज्य तर्फको सदस्यमा राजन पिया (१५६२), दीपा शाही (१५०५), ज्ञानुप्रसाद न्यौपाने (१४१६), नारायण प्रधान (१४०२), थिरप्रसाद धिताल (१३३७) र धनप्रसाद पोखरेल (११८५) निर्वाचित भएका छन् । वाणिज्यतर्फ ६ जनाका लागि १० जना चुनावी प्रतिस्पर्धामा थिए ।

त्यस्तै वस्तुगत तर्फको सदस्यमा गुणराज पौडेल (२९), जनक पौडेल (२८), सन्तोषजनक भुषाल (२५) र रविन्द्र श्रेष्ठ (२४) निर्वाचित भएका छन् । यसमा ४ जनाका लागि ७ जना चुनावी प्रतिस्पर्धामा थिए ।

निर्वाचनमा कुल ३४ सय ३७ मतदाता रहेकोमा २ हजार २०१ मत मात्रै खसेको थियो ।

यी हुन् सर्वसम्मत निर्वाचित उम्मेद्वारहरुः

फागुन २५ गते भएको मनोनयनमा एक जनाको मात्रै उम्मेद्वारी परेपछि संघको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ र उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जिवी सुवेदी सर्वसम्मत निर्वाचित भएका थिए ।

यस्तै कार्यसमिति महिलातर्फ, पूर्णिमा श्रेष्ठ, क्षेत्रीय तर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा.जीवन कुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै उद्योगतर्फ कार्यसमिति सदस्यमा पनि अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भएका छन् ।

Share
0Shares
Advertisment