चारदिने नि:शुल्क सेमिनार सम्पन्न

Share
0Shares

भरतपुर / उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्तआयोजनामाचितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्वन्धिचार दिने निशुल्क सेमिनार सम्पन्नभएको छ ।
सेमिनार उद्घाटन कार्यक्रममाउवासंघ चितवनकावरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले कार्यक्रमउद्घाटन गदै उहाँले उद्योग वाणिज्य संघ–चितवनलेव्यवसायीहरुको आवश्यकता र मागअनुसार तालिमगोष्ठी सेमीनार गरिहने वताउदै चितवनमहोत्सव–२०७९ सफलताका साथ सम्पन्नगर्नकालागि सहयोग गर्न व्यूटिपार्लर व्यवसायीहरु अनुरोध गर्नुभएको थियो भने समापनकार्यक्रममा संघका प्रथमउपाध्यक्षचिरन्जीवी सुवेदीले कार्यक्रमलाई समापनगर्दै तालिम बाट सिकेका कुरा आर्थिकउत्पादनमालगाउन सहयोग पु¥यउनमर्दत गर्ने बताउनु भयो ।
२०७९ पौष १७गते देखी २० गते सम्म सञ्चालनभएको सेमिनार १००जनाप्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविनामहतो, संगिताअर्यालले प्रशिक्षण दिनु भएको उद्योग वाणिज्य संघ चितवनकाकार्यक्रमअधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।
चितवन व्युटिपार्लर युनिटीका अध्यक्षमिनाउप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनार उद्योग वाणिज्य संघ–चितवनको तालिम संयोजक योगितापियाले संयोजन गर्नु भएको थियो ।

Share
0Shares
Advertisment