जनताको पूँजीबाटै मुलुक आफैं बनाउन सकिन्छ : प्रधानमन्त्री

Share
0Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत मुलुक आफैं बनाउन सकिने बताउनु भएको छ ।

नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएर शेयरको शुभारम्भ गर्नुभएको थियो ।

Share
0Shares
Advertisment