भानुभक्तलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा संरक्षणको पर्खाइमा

‘पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवा पट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरित रहेको स्थानलाई मात्रै फराकिलो बनाउने तथा बुल्दी खोलाको किनारको भागलाई उठाएर सम्म बनाए मात्रै संरक्षण गर्न सकिन्छ ।’ वडाध्यक्ष कुँवरले भन्नुभयो । भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीकुवा व्यास नगरपालिका–१२ मा रहेको छ ।

Share
0Shares
समाचारदाता अमरराज नहर्की

अमरराज नहर्कीबाट
तनहुँ, २० भदौ । आदिकवि भानुभक्त आचार्यले प्रेरणा पाएर कविता लेखेको ठाउँ घाँसीकुवा संरक्षणको पर्खाइमा रहेको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले संरक्षण गर्न जरुरी देखिएको छ ।
सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने अवस्था आउने हुँदा संरक्षणको लागि बेलैमा चासो राख्नु पर्ने माग स्थानीयको छ । व्यास नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तोत्र कुँवर घाँसीकुवा र पार्क जसरी पनि बचाउनु पर्ने बताउनुहुन्छ ।

‘पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवा पट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरित रहेको स्थानलाई मात्रै फराकिलो बनाउने तथा बुल्दी खोलाको किनारको भागलाई उठाएर सम्म बनाए मात्रै संरक्षण गर्न सकिन्छ ।’ वडाध्यक्ष कुँवरले भन्नुभयो । भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीकुवा व्यास नगरपालिका–१२ मा रहेको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रभावित भई यस्तो भानुले यस्तो कविता रचना गर्नु भएको थियो–

भर्जन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो,

घाँसीलाई घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नु भएको थियो । कुवा पारी पट्टी पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्रामणको बस्ती रहेका र कुवाको नजिकको बस्ती भएकाले पन्थ नै घाँसी भएको अनुमान गरिएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराई बताउनुहुन्छ । व्यास नगरपालिका–११ पोल्याङ निवासी भोजराज पन्थल गर्नुे भएको दाबी अनुसार वसन्त पन्थ नाम गरेका व्याक्तिले भानुलाई प्रेरणा दिनु भएको थियो । पन्थहरुको खोला नाला डिही र पाखो भएकोले पन्थ नै घाँसी भएको दाबी उहाँको छ ।

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले पहिचान गर्न कठिनाई भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ । समितिका सदस्य प्रेम पन्थले हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करीव १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय वासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णय समेत गरिसकेकोले त्यस ठाउँमा पूर्वाधार निमार्ण गर्न ध्यान जान पर्ने बताउनुहुन्छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएको छ ।

Share
0Shares
Advertisment