बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ — नेकपा उपाध्यक्ष गौतम

पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ

Share
0Shares

काठमाडौ, १४ मङ्सिर । नेकपाका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमले पार्टीमा वैठक वस्नहुन्न भन्ने धारणालाई महासचिवले साथ दिन नहुने बताउनुभएको छ ।

शनिबार बसेको पार्टी सचिवलाय बैठकमा आफूले राखेको धारणा उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीद्धारा आज लिखित रुपमा जारी गरिएको धारणामा सो कुरा उल्लेख गरिएको छ । “बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ”, उपाध्यक्ष गौतमले भन्नुभयो, “यस्ता व्यवस्थापनसित सम्वन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।”

उपाध्यक्ष गौतमले शनिवार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको दस्तावेजका विषयमा आफूले विचार राख्न नचाहेको बरु वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको प्रष्ट पार्नुभएको छ । उहाँले भन्नभयो, “पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ ।” उपाध्यक्ष गौतमले वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उनीहरुलाई धन्यवाद दिँदै बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई धन्यवाद दिन चाहेको बताउनुभएको छ ।

Share
0Shares
Advertisment