ट्रान्सपरेन्सीले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन सरकाद्धारा अस्वीकार

प्रतिवेदन राजनीतिक पूर्वाग्रहद्धबाट प्रेरित

Share
1Shares

काठमाडौंँ, १४ मङ्सिर । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले हालै सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदनलाई अस्वीकार गरेको छ । उक्त प्रतिवदेन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको हुँदा अस्वीकार गरेको सरकारले स्पष्ट गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आज मन्त्रालया आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ““ट्रान्सपरेन्सी इन्टरनेसनलकै करप्सन परसेप्सन इन्डेक्सको सन् २०१८ को प्रतिवेदनमा नेपाल १२४औँ स्थानमा देखाएको थियो, एक वर्षको अवधि नपुग्दै सन् २०१९ को प्रतिवेदनमा नेपाललाई ११ स्थानमाथि उकाल्दै ११३औँ स्थानमा देखाएको छ”, उहाँले थप्नुभयो, “अहिले भ्रष्टाचार गर्ने दक्षिण एसियाकै पहिलो मुलुक भन्ने प्रतिवेदनमा छ, जुन प्रतिवेदन आफैँमा सरकारप्रति पूर्वाग्रही छ ।” ट्रान्सपरेन्सी इन्टरनेसनलका साथै विश्व सूचकाङ्कले पनि नेपालका विविध क्षेत्रमा सुधार हुँदै गएको देखाएको छ ।

Share
1Shares
Advertisment