काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ वरिष्ठ – नेता पौडेल

‘अमेरिकमा ४÷४ वर्षमा तोकिएकै मितिमा राष्ट्रपतिको निर्वाचन हुन्छ त्यस्तै गरी नेपालमा पनि मिति तोकिएर सोही समयमा हुने स्थायी व्यवस्था हुनु पर्ने बताउनुभयो

Share
0Shares

तनहुँ, १६ मङ्सिर । कोरोना कहरले गर्दा काँग्रेसको १४ औं महाधिवेशन पर सर्ने अड्कलवाजी भईरहेको बेला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवशेन तोकिएकै मितिमा हुनु पर्ने बताउनु भएको छ ।
सो कुरा वरिष्ठ नेता पौडलले गृहनगर तनहुँमा मङ्लबार पत्रकारसँग संक्षिप्त कुराकारी गर्दै बताउनु भएको हो । ‘समयमा नै काम गर्ने पार्टी बनाऔं त्यसको लागि तोकिएकै मितिमा महाधिवेशन गर्नु जरुरी छ ।’ वरिष्ठ नेता पौडेलले बताउनुभयो । काँग्रेस विधि, प्रक्रिया अनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै नेता पौडेलले क्रियाशिल सदस्यता चाँडै तयार गर्ने, चाँडै टुङ्गाउनु पर्ने वडादेखि शुरु भएर महाधिवेशन प्रतिनिधी चयन गर्ने जस्ता कार्य तत्काल गर्न दबाब दिईरहेको बताउनुभयो । ‘अमेरिकमा ४÷४ वर्षमा तोकिएकै मितिमा राष्ट्रपतिको निर्वाचन हुन्छ त्यस्तै गरी नेपालमा पनि मिति तोकिएर सोही समयमा हुने स्थायी व्यवस्था हुनु पर्ने बताउनुभयो । ‘आवधिक निर्वाचन नगरी अधिवेशन लम्बाईएकोे छ त्यो उपयुक्त थिएन यद्यपी चार वर्षको सकियो १ वर्ष थपिसकियो अब सार्नु मिल्दैन’ नेता पौडेलले भन्नुभयो ।
महाधिवेशन लोकतन्त्र र राष्ट्र बचाउने अभियान हुनुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो । पौडेलले वर्तमान सरकारले सुशासन दिन नसकेको लोकतान्त्रिक परिपार्टीलाई पालना गर्न नसकेको आरोप लगाउनुभयो । जहाँ पनि आफ्नो कब्जा लिएर सर्वसत्ताबाद लाद्न खोजिरहेको पौडेलको भनाई थियो ।

सरकारको लोकतन्त्र प्रति इमान्दारिता छैन कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न नदिई आफ्नो अनुकुल काममा अ¥हाईएको छ नेता पौडेलले भन्नुभयो, यसले गर्दा जनता निराश भएको मौका पारी प्रतिगामीले मुन्टो उठाएका छन्’ । साथै पौडेलले संसद तुरुन्त बोलाएर सदनमा नै छलफल गर्ने वातावरण गर्नु पर्ने बताउनुभयो । काँग्रेसले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको छ । त्यसैगरी केन्द्रीय कार्य समितिको म्याद पनि फागुन १९ गते सम्मको लागि गर्ने निर्णय गरेको थियो ।

Share
0Shares
Advertisment