काँग्रेसको बैठक बुधबार एक बजे पुन बस्ने

Share
0Shares

काठमाडौं, ७ पुस । संसद विघटन पछि मुलुकको समसामयिक राजनीतिको समिक्षा गर्न आज शुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहेकोले भोलि दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन बस्ने भएको छ । आजको बैठकमा सभापति शेरबहादुर देउवाले हिजो भएको सर्वदलीय बैठकको जानकारी गराउँदै आजको बैठकको विषय प्रवेश गराउनु भएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले आफ्नो धारणा राख्नु भएको थियो ।

Share
0Shares
Advertisment