संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सक्रिय सहभागिताका लागि सभापति देउवाको अपिल

विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं ।

Share
0Shares

काठमाडौँ, ११ पुस । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ ।

“विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ”, सभापति देउवाद्धारा आज जारी विज्ञप्तिमा जनाइएको छ । उहाँले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्नुभएको छ ।

Share
0Shares
Advertisment