निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान

Share
0Shares

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

धनगढीमा  आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भन्नु भयो, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।”

Share
0Shares
Advertisment