नेपाली कांग्रेस सर्वसम्मत निर्णय र सम्पूर्ण एकतासाथ संसद विघटन विरुद्ध आन्दोलनमा

Share
0Shares

काठमाडाँै, १४ माघ । संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको पार्टीले स्पष्ट गरेको छ । कतिपय संचार माध्यममा नेपाली कांग्रेस भित्र विद्यमान सन्दर्भ र आन्दोलन बारे विवाद रहेकोे भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै काँग्रेसले एक प्रेस नोट प्रकाशित गरी काँग्रेस सर्वसम्मत निर्णय र सम्पूर्ण एकतासाथ संसद विघटन विरुद्ध आन्दोलनमा रहेको स्पष्ट गरेको हा ।

संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्र देखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएको सो पार्टीले आज जनाएको छ । माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Share
0Shares
Advertisment