पूर्वसांसद कांग्रेस नेता मोहन आचार्यद्धारा नुवाकोट र रसुवाका अस्पताललाई ३२ लाखको स्वास्थ्य सामग्री प्रदान

नेता आचार्यले महामारीबढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थालेको र उपचारका लागि रसुवाबाट बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

Share
0Shares

त्रिशूली, २१ जेठ \ विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले नेता आचार्यले रसुवा जिल्ला अस्पताल धुन्चे र जीवजीवे ग्रामीण अस्पताललाई दुई–दुई थान मिनी भेन्टिलेटर सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको हो । उहाँले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान सहित अक्सिमिटर ३० थान, आधुनिक शयया पाँच वटा र सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई विहिबार हस्तान्तरण गर्नुभयो । ती सामग्री रु.१६ लाख मूल्य बराबरको रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

नेता आचार्यले महामारीबढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थालेको र उपचारका लागि रसुवाबाट बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । “रसुवाका स्थानीयतहका अध्यक्षहरुसंग समन्वय गरेर मागअनुसारको सामाग्री उपलब्ध गराएको हो”, उहाँले भन्नुभयो, “माग र आवश्यकता अनुसार अक्सिमिटर लगायतको सामाग्री जिल्ला सङ्कट व्यवस्थापन केन्द्र मार्फत वितरण गर्न भनेका छौ ।”

नेता आचार्यले बिहीबार नै त्रिशूली अस्पताल नुवाकोटलाई दुई थान मिनि–भेन्टिलेटर सहित एकथान आइसियुमा प्रयोग हुने सामाग्री (एभिजी) सहितको स्वास्थ्य सामग्री अस्पतालका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई प्रदान गर्नुभयो । उक्त सामाग्रिको मूल्य रु.१६ लाख बराबरको छ । उहाँले चालु आर्थिक वर्षमा त्रिशूली अस्पताललाई ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को रु.४६ लाख समेत सहयोग उपलब्ध गराउनुभएको थियो । रसुवा र नुवाकोटका बिरामीको उपचार सेवा प्रभावकारी बनाउन सरकारी मात्रै नभई व्यक्तिगत लगानीमा उहाँ मार्फत एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्यबीमा कार्यक्रम, स्वास्थ्य सामाग्री लगायतको सहयोग निरन्तर हुदै आइरहेको छ ।

Share
0Shares
Advertisment