नेपालमा हालसम्मकै सबभन्दा धेरैमा संक्रमण पुष्टि

परीक्षणको शुल्क सरकारीमा ८०० निजीमा १५००

Share
0Shares

काठमाडौँ, माघ ५-

नेपालमा हालसम्मकै सबभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज १९ हजार ९२८ पीसीआर र एन्टीजेन परीक्षण गर्दा जनामा संक्रमण ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार सरकारले कोरोना परीक्षणको लागि सरकारी अस्पतालमा ८०० र निजी अस्पतालमा १५०० रुपैयाँ बनाएको छ ।
यसअधि सरकारीमा परीक्षण शुल्क एक हजार र निजीमा परीक्षण शुल्क दुई हजार थियो ।

Share
0Shares
Advertisment