काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको आरोप लगाएका छन् ।
आइतबार ८ पृष्ठ लामाे १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले यो सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको समेत आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमार्फत ओलीले सरकारका ६ महिनाबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि उनी कोरोना संक्रमित भएपछि वक्तव्य जारी भएकाे हाे ।





