टिकटक स्टार बिनुले प्रेमीसँग कसिन् लगनगाँठो

Share
0Shares

काठमाडौं । चर्चित टिकटक स्टार बिनु अधिकारी विवाह वन्धनमा बाँधिएकी छन् । आफ्नो प्रेमी रमेश रमण पराजुलीसँग आज उनले लगनगाँठो कसेकी हुन् ।

झापाकी विनु र उदयपुरका रमेश केही समयदेखि अफेयरमा थिए । काठमाडौंको नेपाल कमर्स क्याम्पसमा सँगै पढ्दा उनीहरु प्रेममा परेका हुन् । उनीहरु दुवै पेप्सीकोलामा बस्छन् । रमेशले काठमाडौंमा कपडा व्यवसाय गरिरहेका छन् ।

उनीहरुको विवाह भने झापाबाटै सम्पन्न भएको हो । कोरोनाका कारण सानो जमघटमा विवाह भएको बुझिएको छ ।टिकटकबाट ख्याति कमाएकी बिनु खासगरि नृत्य र कमेडीमा पोख्त छन् । उनले आफ्नी बहिनीसँग मिलेर टिकटक र युट्यूवका लागि भिडियोहरु बनाउने गर्छिन् । टिकटकमा उनीहरुका पाँच लाखभन्दा बढी फलोअर्स छन् ।

Share
0Shares
Advertisment