जापानमा तोकाई वाटिका : नेपाल पढाउने इन्टरनेशनल स्कुल

Share
72Shares

आज भन्दा २४ वर्षअघि सन् १९९६ मा अध्ययनको क्रममा चितवनका सुदिप अधिकारी जापान प्रवेश गरे । जापान हिँडेको ११ वर्षपछाडि उनलाई एउटा उपाधि थपियो, नामको अगाडि डाक्टर । अर्थात् यहाँको कठिन मेहनतपश्चात विद्यावारिधि प्राप्त गरेपछि उनी जापानमा यतिबेला डा. सुदिप अधिकारीको नामले चिनिन्छन् । यो सफलता प्राप्त गर्नुका पछाडिका उनका संघर्षका कथाहरु थुप्रै छन् । जुन यहाँ उल्लेख गरेर साध्य पनि छैन ।
अध्यननका क्रममा कहिल्यै नटेकेको देश, नजानेको भाषा र अनुभव नगरेको सामाजिक परिवेशले जापानमा अप्ठ्यारो त पर्ने नै भयो । तैपनि कहिल्यै हिम्मत हारेनन् र आफ्नो गन्तव्यमा पुगिछाडे । यसरी गन्तव्यमा पुग्न जापानमा उनले गरेको कडा मेहनत त छँदैछ, यद्दपि उनलाई जापानमा डाक्टर बनाउन नेपालको माटो, शिक्षा र सामाजिक रहनसहनले पनि ठूलो भूमिका खेलेको भने पक्कै छ ।
जापान जस्तो विकसित देशमा रमाउन पाउनुलाई धैरैले आफ्नो अहोभाग्यका रुपमा हेर्छृन् । तर नेपाली समाज र जापानलाई सँगै लैजान सकेमा अझ ‘सुनमा सुगन्ध’ पक्कै हुन्छ । डा. अधिकारीलाई पनि जापान आएदेखि नै यो कुरा गडिरह्यो । आफूले जापानमा पढ्दाको अनुभव, यहाँ रहेका नेपाली समुदायका समस्या अनि यतै हुर्केका नेपाली त्रच्चाहरुमा हराईरहेको देशप्रेमलाई समाधान गर्ने उपाय सोँच्दै गर्दा एउटा जुक्ति दिमागमा फु¥यो–‘नेपाली पाठ्यक्रम अनुसारको एउटा स्कुल जापानमा पनि खोल्न पाए हुन्थ्यो ।’
जब आफ्ना बच्चाहरु पढ्ने उमेरका हुन थाले, अझ उनलाई नेपाली पाठ्यक्रम अनुसारको स्कुलको अभाव झनै खड्क्यो । त्यसो त उनकी श्रीमती पनि जापानबाटै स्नातकोत्तर सकेकी हुन् । जापानको पढाई नराम्रो पनि थिएन । तर आफ्ना बच्चालाई नेपाली पाठ्यक्रम अनुसार नै शिक्षा दिन पाए मातृभूमीप्रतिको माया र ममता आफ्ना बच्चाहरुमा सधैँ भईराख्थ्यो भन्नेमा उनलाई लाग्यो ।
‘वास्तवमा नेपालको पाठ्यक्रम उत्कृष्ट छ । यसरी पढाउन सकियो भने विद्यार्थीले आफ्नो मातृभाषासँगे अंग्रेजी पनि सिकेर विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्छन् ।’ यही लागेर नै आफ्ना बच्चालाई नेपाली पाठ्यक्रम अनुसार पढाउन चाहेको अनुभव अधिकारीले सुनाए ।

 

अनि जन्मियो तोकाई वाटिका

डा. सुदिप अधिकारी
अध्यक्ष

नागोया जापानको तेस्रो ठूलो शहर हो । यहाँ नेपाली समुदाय बढेपनि जापानी स्कुलमै बच्चाहरु पढिरहेका थिए । नेपाली पाठ्यक्रम अनुसार आफ्ना बच्चाहरुलाई पढाउन चाहे कि त राजधानी टोकियो नै जानुपथ्र्यो भने कि त नेपालमै लगेर छाड्नुपथ्र्योे ।
विभिन्न परिस्थितिले नागोयाका नेपालीलाई यो कुरा सम्भव थिएन । ब

च्चाहरुलाई नेपाली पाठ्यक्रम अनुसार पढाउन नपाउँदाको पीडा डा. अधिकारीलाई पनि भयो । यही पीडाका बाबजुत आफ्नो इच्छा पूरा गर्न बच्चाहरु पढाउनकै लागि भनेर श्रीमतीलाई पनि नेपाल पठाए । अहिले उनका बच्चाहरु काठमाडौँमै बसेर पढिरहेका छन् ।
आफूले यो समस्या भोगेपनि अरुले नभोगुन् भनेर नागोयामै नेपाली स्कुल खोल्ने हुटहुटी उनले लिएर हिँडे । अधिकारीलाई जस्तै समस्या नागोयामै रहेका अरु नेपालीलाई पनि भयो । अनि यही समस्यालाई समाधान गर्न नागोयामा तीन वर्षअघि जन्मियो नेपाली स्कुल, जसको नाम रह्यो ‘तोकाई वाटिका इन्टरनेशनल स्कुल ’ । जसका लागि अधिकारीलाई अन्य चारजना व्यक्तिहरु डा. विश्व कँडेल, यम खत्री, विमल अधिकारी र सुरज काफ्लेलगायतले साथ दिए । बनि बल्ल डा. सुदिप अधिकारीलाई पनि आफ्नै बच्चा जापानमा पढाउन नपाउँदाको पीडा कम हुँदै गयो ।
विदेश जानु कसैका लागि रहर हो भने कसैलाई बाध्यता । अनि, कसैको आवश्यकता पनि ।

यद्दपि विदेशमा बस्दा भने आफ्नो देशको भाषा, संस्कृति, भेषभुषालाई आत्मसात गर्न भने चाहेर पनि सकिँदैन । नेपाली समाजका नयाँ पुस्ताले अझ यस कुरालई आत्मसात गर्न सकिरहेका छैनन् ।
विदेशमै जन्मेका बालबालिकाहरुलाई त नेपाली रहनसहनबारे त्यति धैरै अवगत हुने कुरा भएन । त्यसमाथि नेपालमै जन्मिएर पछि आफ्ना अभिभावकहरुसँगै विदेश गएका बच्चाहरुमा पनि यस्ता समस्या देखिएकै छ । जसको एउटै कारण हो, शिक्षा । अझ भनौँ, नेपाली सँस्कार र पाठ्यक्रम अनुसारको शिक्षा ।
आफ्ना सन्तानलाई चाहेको शिक्षा दिन सक्ने हो भने आफू अनुकूल बनाउन सहज पक्कै बनाउँछ ।
यी सबै कुरामा सहमत भएर नै उनीहरुको संयुक्त लगानीमा विद्यालय स्थापना भएको हो ।

बिमल अधिकारी
सञ्चालक

नेपाली पाठ्यक्रम अनुसार तोकाई वाटिकामा कक्षा ८ सम्म पढाइ भईरहेको छ । विद्यालयमा ६० जना नेपाली बालबालिका अध्ययनरत रहेको विद्यालयका सञ्चालक विमल अधिकारीले बताए । नागोयामा नेपाली समुदाय बढेसँगै नेपाली विद्यालयको आवश्यकता महसुस गरी विद्यालय सञ्चालनमा ल्याइएको पनि अधिकारी बताउँछन् । यहाँ ५ जना जापानिज र ८ जना नेपाली शिक्षकहरुले पढाईरहेका छन् ।
नागोयाको खासुगाइमा अवस्थित यो विद्यालयमा धेरैलाई पायक नपरेका कारण अझ सुविधासम्पन्न तरिकाले चिकुसा क्षेत्रमा विद्यालयलाई स्थानान्तरण गर्न लागिएको छ । यसो गरेमा विद्यालयमा विद्यार्थी संख्या बढ्ने र अझ राम्रो वातावरणका साथ अध्ययन गराउन सकिने विद्यालयले अपेक्षा लिएको छ ।
‘हामी अर्को नेपाली पुस्तालाई समग्र र सहयोगी शैक्षिक अनुभव मार्फत उनीहरूको उच्चतम क्षमतामा पु¥याउनका लागि प्रतिबद्ध छौ ।’–विद्यालयले आफ्नो पोर्टलमा यसरी आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
विद्यालयले भनेको छ, ‘आनन्द, उपलब्धि, र सहकार्यको संस्कृतिलाई बढावा दिएर, हामी प्रत्येक व्यक्तिलाई हाम्रो विद्यालयभित्र मात्र होइन बृहत् समुदायमा पनि फस्टाउन, उत्कृष्ट बनाउन र अर्थपूर्ण योगदान गर्न सक्षम बनाउने लक्ष्य राख्छौं ।’
नेपाली विद्यालय अरु पनि छन्
जापनभर अहिले ५ वटा नेपाली विद्यालय सञ्चालित छन् । सबैको लक्ष्य नेपाली पाठ्यक्रम अनुसार जापानमा शिक्षा दिनु नै हो । तोकाई वाटिकाको जस्तै समस्या झेलेर जापानमा अन्य विद्यालय स्थापना भएका हुन् भन्न सकिन्छ ।
नेपालमा विदेशी भाषाको लगाव बढिरहँदा अभिभावकसँगै जापान पुगेका नेपाली बालबालिका भने नेपाली भाषा र पाठ्यक्रममा राखिएका कुरा अध्ययन गर्न जापानमा सञ्चालित नेपाली विद्यालय धाइरहेका छन् । जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो ।
एभरेष्टमा नेपाली पाठ्यक्रम अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् ।
टोकियोकै कोइवामा हिमालयन इन्टरनेशनल एकेडेमी सञ्चालनमा छ । सन् २०२१ बाट सञ्चालनमा आएको उक्त विद्यालयमा नेपाली र विदेशी गरेर १९० जना विद्यार्थी अध्ययनरत छन् ।
अहिले विद्यालयले ७ कक्षासम्म पठनपाठन गराइरहेको छ । जापानको चिवास्थित साकुरामा गोर्खा पिक इन्टरनेशनल स्कुल सञ्चालनमा छ । जहाँ नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुन्छ ।
नेपाली विद्यालयप्रतिको आकर्षण
जापानको शिक्षा प्रणालीलाई विश्वमा नै उदाहरणीय मानिन्छ । तैपनि जापानका नेपाली विद्यालयमा विद्यार्थी र अभिभावककौ आकर्षण बढ्दो छ । विभिन्न शहरमा छरिएर रहेका सबै नेपालीको पहुँचमा यहाँका नेपाली विद्यार्थी पर्दैनन् । नागोया क्षेत्रका सबै नेपालीका लागि त तोकाई वाटिका पनि परेको छैन । यदि सबैको पहुँचमा पार्न सक्ने हो भने नेपाली विद्यार्थीको संख्या यस्ता विद्यालयमा अझ बढेर जाने निश्चित छ । किनभने धेरै नेपाली समुदाय अहिले नेपाली पाठ्यक्रम अनुसार नै आफ्ना बच्चाहरुलाई पढाउन चाहन्छन् ।


शिक्षा र देशको सम्बन्धबारे तोकाइ वाटिकासँग सम्बन्धित जापानिज सञ्चारमाध्यममा प्रकाशित सामग्री

जापानमा सञ्चालित जापानिज स्कुलमा जापानिज भाषामा मात्र पढाइ हुन्छ । दीर्घकालसम्म यहीँ बस्ने सोँच भएका र जापान सरकारले बस्नका लागि स्थायी अनुमति दिएका नेपालीलाई त यतैको स्कुलमा पढ्दा फाइदा पनि छ । तर दीर्घकालीन रुपमा बस्ने सोँच नभएका र धेरै भीसा नपाएका नेपालीहरुलाई चाहिँ नेपाली पाठ्यक्रम अनुसारको पढाई नै उपयुक्त हुने सरोकारवाला नेपालीहरु त्रताउँछन् ।
जापानिज स्कुलमा पढ्ने हो भने निःशुल्क पढ्न पाईन्छ । बच्चालाई स्क’ल पठाएपछि अभिभावकलाई पढाई र खानपानकौ चिन्ता हुँदैन । तर यसको तुलनामा नेपाली स्कुलमा पढाउँदा शुल्क पनि महिनाको करिब चालिस हजारजति खर्च हुन्छ भने खानेकुरा र यातायातको सधैँ अभिभावकले चिन्ता लिइराख्नुपर्छ । तैपनि यी सबै समस्यालाई झेलेर अभिभावकहरुको आकर्षण भने जसरी तसरी नेपाली स्कुलहरुतिरै छ ।
नेपालमा १० वर्षभन्दा बढि शिक्षण पैशामै लागेर अहिले तोकाई वाटिकामा प्राचार्य बनेर आएका यादवकुमार भुजेल पनि तुलनात्मक रुपमा जापानमा पढेका विद्यार्थीले भन्दा नेपाली विद्यार्थीहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्छन् भन्नै कुरामा सहमत छन् ।
जापानका विद्यालयहरुमा जापानिज भाषामा मात्र पढाई हुन्छ । यहीँ जन्मेर शुरुदैखि नै जापानिज स्कुल गएका विद्यार्थीलै त राम्रैसँग आफ्नो पढाईलाई कभर पनि गर्न सक्छन् । तर कैहि समय नेपालको स्कुलमा पढेर आएको विद्यार्थीलाई भने समस्यामा पारेको छ । अझ अंग्रेजी माध्यमबाट पढेर जापान आएका विद्यार्थीहरु जापानिज स्कुलमा पढ्दा त उनीहरुलाई ‘कालो अक्षर भैसी बराबर’ नै हुने गरेको छ ।
नेपाली विद्यालयमा पढाए छोराछोरीले देशको माटो सुहाउँदो शिक्षा पाउने अभिभावकहरू बताउँछन् । जापानिज विद्यालयमा जापानिज भाषामा पढाइ हुन्छ । यहीँ दीर्घकालसम्म बस्ने र यहीँ आफ्नो करिअर बढउने विद्यार्थीलाई जापानिज स्कुल नै पढ्नु राम्रो बिकल्प हो । तर जसले भविष्यमा नेपालसहित अन्य देशमा पनि आफ्नो करिअर अगाडि बढाउन चाहन्छन् भने यहाँ सञ्चालित नेपाली पाठ्यक्रममा आधारित विद्यालयमा पढ्दा राम्रो हुने धारणा र अनुभव धेरै सरोकारवाला नेपालीको छ ।
नेपाली विद्यालयमा नेपाली पाठ्यक्रम अनुरूप अंग्रेजी माध्यममा पढाइ हुन्छ । जहाँ जापानिज भाषाको पनि एउटा पुस्तक रहेको छ । जसका कारण, भविष्यमा आफ्नो सन्तान नेपाल, जापानसँगै विश्वका जुनसुकै देशका लागि योग्य जनशक्ति बन्न सक्ने देखिन्छ ।


तोकाइ वाटिका स्कुलबारे जापानिज सञ्चारमाध्यममा प्रकाशित सामग्री

जापानमा लामो समय बसे पनि स्थायी बसोबासको अनुमतिपत्र पाउन त्यति सहज छैन । जसका कारण ‘भिसा सकिएर अथवा रद्द भएर बीचमा नै जापान छोड्नुपर्ने अवस्था आए दुई देश बीचको शिक्षा नमिल्ने भएकाले पनि नेपाली अभिभावकको रोजाइमा नेपाली विद्यालय पर्दै आएको हो । नेपाली विद्यालयमा शिक्षासँगै आफ्नो देशको भाषा, संस्कार, संस्कृति तथा चाडपर्वको बारेमा पनि बालबच्चाहरूले सिक्न पाइरहेका छन् ।
नेपाली पाठ्यक्रम अनुसार जापानमा ११÷१२ कक्षा उत्तीर्ण भएका विद्यार्थीले नेपाली, जापानिज र विश्वका अन्य विश्वविद्यालयमा पढ्न सक्छन् । यस कुराले पनि जापानका नेपाली विद्यालयमा नेपाली विद्यार्थीहरुको आकर्षण बढ्र्दै गएकौ हो ।
जापानको शिक्षा प्रणाली
जापानमा विद्यालय शिक्षा ऐन, १९४७ कार्यान्वयनमा छ । जापानमा सार्वजनिक र संस्थागत विद्यालय सञ्चालनमा छन् । सार्वजनिक विद्यालय पनि राष्ट्रिय र स्थानीय गरी दुई प्रकारले सञ्चालनमा रहेका छन् । कक्षा १ देखि ६ सम्मको प्राथमिक (इलेमेन्ट्री) तहमा सातदेखि १२ वर्षसम्मका विद्यार्थी अध्ययन गर्दछन् भने कक्षा सातदेखि नौसम्मको निम्नमाध्यमिक शिक्षा (जुनियर हाइस्कुल) मा १३ वर्षदेखि १५ वर्षसम्मका बालबालिका अध्ययन गर्दछन् । कक्षा १० देखि १२ सम्म १६ वर्षदेखि १८ वर्षसम्मका बालबालिका माध्यमिक (हाइस्कुल) शिक्षा प्राप्त गर्दछन् । कक्षा १ देखि ९ सम्मको शिक्षालाई अनिवार्य गरिएको छ ।
फरक क्षमता भएका बालबालिकालाई अध्ययन अध्यापन गर्नका लागि विशेष आवश्यकता भएका विद्यालय स्थापना गरिएका छन् । पूर्वप्राथमिक विद्यालय र प्राविधिक विद्यालय सबै अलग अलग सञ्चालनमा छन् । कुनै विद्यालय राष्ट्रिय विद्यालयको रूपमा, कुनै विद्यालय स्थानीय तहबाट सञ्चालनमा रहेका छन् भने केही सङ्ख्यामा संस्थागत विद्यालयसमेत राष्ट्रियस्तरमा सञ्चालनमा छन् ।
सिद्धान्ततः जापानमा विद्यालयको शैक्षिक सत्र अप्रिलमा सुरु हुन्छ र अर्को वर्षको मार्चमा अन्त्य हुन्छ । धेरैजसो विद्यालयले तीन वर्षे सेमेस्टर प्रणाली अवलम्बन गरेका छन् । जापानी विद्यार्थीहरुले विशेष गरी विज्ञान विषयमा उत्कृष्ट उपलब्धि प्राप्त गरेको देखिन्छ ।
जापानमा व्यवस्थित र अत्याधुनिक शिक्षा प्रणाली सञ्चालनमा रहेको छ । जापानको विद्यालयको शिक्षामा बालबालिकाहरुले पढाईका साथसाथै नियम पालन, नैतिकता, सामूहिक जीवन र एकापसमा गर्नुपर्नै सहयोगका बारेमा सिकिरहेका हुन्छन् । पढाईसँगसँगै जीवन निर्वाह गर्नै उपायका बारेमा पनि उनीहरुलाई दक्ष बनाउँदै लगिएको हुन्छ । यहाँका स्कुलमा नै विद्यार्थीहरुलाई खाना खुवाउने गरिन्छ । विद्यार्थीहरुले जे खान्छन्, शिक्षकहरुले पनि त्यही मेनु अनुसारको खाना स्कुलमै बनाएर खाने गरेका हुन्छन् । विद्यालयको सरसफाई शिक्षक विद्यार्थी मिलेरै आफूले सकेजति गर्छन् । फोहोरको व्यवस्थापनको तरिका विद्यालयमै सिकाइएको हुन्छ । पढाईका अतिरिक्त गरिने अन्य क्रियाकलापहरुमा विद्यार्थीहरुको रुची अनुसार सिकाइएको हुन्छ ।
विद्यार्थीहरुले आफ्नो मेचटेबल आफै सफा गर्छन् । घरबाट विद्यालय जाँदा आफ्ना साथीहरुसँगै साथ लागेर जानुपर्छ । अभिभावकहरुले आफ्नो साधन प्रयोग गरेर लाने सुविधा हुँदैन । विद्यालयमा धेरै कुरा निःशुल्क हुन्छ ।
नेपाली स्कुलमा चाहिँ के छ ?
जापानिज स्कुलमा जस्तो सेवा, सुविधा र व्यवस्था पक्कै पनि नेपालीले सञ्चालन गरेका स्कुलमा छैनन् । विद्यालयको भौतिक संरचना, जनशक्ति, विद्यार्थी संख्या र भौगोलिक असुविधाका कारण पनि जापानिज स्कुलमा पाइने सुविधा नेपालीले सञ्चालन गरेका स्कुलमा छैन ।
धेरै विद्यार्थी संख्या र सबैभन्दा पुरानो भनिएको टोकियोको एभरेष्टमा त यी सबै सुविधा छैनन् भने नागोयाको तोकाई वाटिकामा हुने कुरा भएन । यद्दपि जापानिज स्कुलमा पाउने सेवा सुविधा दिन भने तोकाई वाटिका पनि प्रयासरत छ ।


यादवकुमार भुजेल
प्रिन्सिपल

‘सबैभन्दा ठूलो कुरा हामी हाम्रा विद्यार्थीलाई अन्तर्राष्ट्रि«यस्तरमा घुलमिल हुन सक्ने वातावरण दिन तयार छौँ ।’ तोकाई वाटिकाका प्रिन्सिपल भुजेल भन्छन् ।
वास्तवमा पहिले र अहिलेको स्थितिमा जापानको रहनसहन पनि फरक छ । जापानमा रोजगार पाउन गाह्रे चाहिँ छैन । औपचारिक शिक्षा पार गरेकाका लागि अझ सजिलो छ । त्यसमाथि औपचारिक शिक्षा पार गरेका, सम्बन्धित काममा दक्ष भएका र जापानिजसँगै अत्तर्राष्ट्रि«य स्तरकौ अंग्रेजी भाषाको राम्रो ज्ञान भएकाहरु जापानको रोजगार बजारमा सजिलै बिक्छन् । यो सँगै जापानमा धेरै जनसंख्या भएका चीन, भियतनाम, दक्षिण कोरिया, फिलिपिन्स, ब्राजिल, नेपाललगायतका देशको भाषा जानेकाहरु पनि अहिले जापानी रोजगार बजारमा प्राथमिकतामा पर्न थालेका छन् । यसमा अंग्रेजी जान्ने त अझ बिक्ने भैहाले । यसैले तोकाई वाटिकाले पनि आफ्नो पाठ्यक्रममा अंग्रेजीसँगै जापानिज भाषालाई पनि प्राथमिकतामा राखेको छ ।
‘विद्यालय तह पार गरुञ्जेल हाम्रा विद्यार्थीले जापानको भाषा परीक्षामा एन वन लेभल र अंग्रेजीको भाषा परीक्षा टोफेल आइएलटस पास गर्न सक्ने गरी पाठ्यक्रम पनि बनाएका छौँ ।’ प्रिन्सिपल भुजेलको भनाई छ । यसो गर्न सकियो भने विद्यार्थीलाई अन्तर्राष्ट्रि«य रुपमा जता बसेर अध्ययन गरेपनि समस्या हुँदैन ।


तोकाई वाटिकामा अध्ययन गर्दै विद्यार्थीहरु

जापानको जापानिज स्कुलमा विद्यार्थीहरु नेपालबाट भर्ना हुन चाहेमा विद्यार्थीको उमेर अनुसार भर्ना लिने चलन छ । तर नेपाली स्कुलमा भने नेपालको स्कुलको उत्तीर्ण सर्टिफिकेट ल्याएमा भर्ना गर्न सकिने व्यवस्था मिलाइएको छ ।
नेपालीका बिकल्प
जापानमा नेपालीको उपस्थिति बाक्लिँदै गएको छ । पहिले घरको एकजना मात्रै जापान आउने चलन थियो । बिस्तारै देशको परिस्थितिले परिवारसहित जापान आउने परिस्थिति बढ्दै गएको छ । पक्कै पनि विदेशको बसाइ सहज छैन । परिवारको पालनपोषण, छोराछोरीको पढाइलगायतले अभिभावकहरुलाई पिरोलिरहेको हुन्छ । यस्तो परिस्थितिका बीच जापानको भूमीमा नेपाली पाठ्यक्रम अनुसारको विद्यालय खुल्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । यौसँगै यसको व्यवस्थापन र सञ्चालनको चुनौतिबारे जानकार हुनु पनि जरुरी छ ।
जापानको अन्य क्षेत्रमा खुलेका नेपाली विद्यालय जस्तै तोकाई वाटिका पनि नागोयामा रहेका नेपालीहरुका लागि गौरवको विषय हो । नेपालको विद्यालयस्तरीय पठनपाठन जापानमै हासिल गर्न पाउनु राम्रो कुरा हो । पछिल्लो समय जापानी समाजमा नेपाली नागरिकले बनाएको परिचय, पहिचान र प्रतिष्ठा उदाहरणीय र आदरणीय बनाउन यस्ता विद्यालय नेपाल र जापानका लागि पुल पनि बन्न सक्छन् ।
यही कुरालाई मनन गरेर जापानमा सञ्चारमाध्यममा तोकाई वाटिकाका सम्बन्धमा विभिन्न समाचार सामग्रीहरु पनि प्रकाशित भईराखेका छन् ।
अहिले नेपालीहरु विभिन्न कारणले विदेश आइरहेका छन् । सँगसँगै परिवारसहित नै जापान ल्याउने ट्रेन नै बनिसक्यो । यस्तो अवस्थामा जापान आएका नेपालीले जापानिज स्कुलमै आफ्ना बच्चालाई शिक्षा दिक्षा दिन थाले भने कालान्तरमा नेपालको मौलिकता हराउँदै जाने निश्चित छ ।
समग्रमा शिक्षा देश निर्माणको आधारशीला हो । समृद्ध देशको बेन्चमार्क हो । सुखी नेपालीको मार्ग हो । शिक्षामा सुधार सबैको साझा सहकार्य, लगानी, समन्वय र प्रतिबद्धताबाट मात्र सम्भव छ । यसको गतिलो पाठ छोटो समयमा शैक्षिक क्षेत्रमा रुपान्तरण गरेका जापानजस्ता मुलुकबाट नेपालले सिक्न जरुरी छ । यो सिकाइ यहाँ रहेका नेपाली स्कुलहरुले पनि सिक्नुपर्छ । उनीहरुलै सिके भने यसको फाइदा यहाँ पढ्ने नेपाली विद्यार्थीले पनि लिनेछन् ।
jpnhari@gmail.com

Share
72Shares
Advertisment