मःम बेचेर ३२ अर्बको मालिक

दैनिक ६ लाख भन्दा बढी मःम विक्रि, आठ सय बढी काउन्टर

Share
0Shares

काठमाडौं । हिजोआज तपाईंले हरेक गल्ली, चोक र मेला महोत्सवमा बेचेको देख्नुहुन्छ । तातो मःम र मसालेदार चटनी सम्झिदा पनि धेरैको मुखमा पानी आउँछ । मःम खानेबारेमा पछि कुरा गरौं, अहिलेको लागि व्यापारको कुरा गरैं । एउटा सानो टेबुल व्यवसाय गरेर मःम बिक्रेताले कति कमाउँछन् होला कल्पना गर्नुहोस् । एक अनुमानअनुसार महिनामा २०–३० हजार हुन्छ वा ४०–५० हजार । तर, आज हामी तपाईलाई त्यस्ता व्यक्तिको बारेमा बताउन गइरहेका छौँ, जसले मःम बेचेर ३२ सय करोड ९३२ अर्ब० को कम्पनी खोलेका छन् । अचम्म नमान्नुहोस्, आज तिनीहरू हरेक दिन ६ लाखभन्दा बढी मःम बेच्छन् र प्रत्येक महिना करोडमा कमाउँछन् । यहाँ हामी वाह मःमका सह–संस्थापक सागर दर्यानीको कुरा गर्दैछौं ।

आफ्ना सन्तानले पढेर डाक्टर, इन्जिनियर, आईएएस जस्ता जागिर गरुन् भन्ने हरेक अभिभावकको आशा हुन्छ । परिवार मध्यमवर्गीय छ भने छोराले पढेपछि राम्रो जागिर पाओस् भन्ने चाहना परिवारको हुन्छ । सागर दर्यानीका बाबुआमा पनि त्यही चाहन्थे तर, सागरले अर्कै निर्णय गरेका थिए । कोलकाताको सेन्ट जेभियर्स कलेजमा स्नातक गरिरहेका सागरले आफ्नो बुबालाई मःम बेच्न चाहेको कुरा भनेपछि उनी छक्क परे । सागरको कुरा सुनेर बुबा रिसाए र छोरालाई गाली गर्दै भने ‘मेरो छोरोले मःम बेच्छ १’ बाबुको शब्दले पनि सागरको पाइला रोक्न सकेन । सन् २००८ मा सागर र उनका साथी विनोद कुमारले एउटा सानो पसलबाट मःमको व्यापार सुरु गरेका थिए । दुबैले आफ्नो बचतबाट रु ५००० लगानी गरी १ एक टेबल र २ पार्ट टाइम सेफबाट व्यवसाय सुरु गरे ।

आइडिया कहाँबाट आयो ?
प्रायः राति अबेरसम्म अध्ययन गर्दा सागर र उनका साथीहरूले मङ्गी, डोमिनोज पिज्जा, बर्गर अर्डर गरेर खान्थे । एक दिन अचानक उनको दिमागमा विचार आयो कि जब विदेशी कम्पनीहरु भारतमा आएर व्यापार गर्न सक्छन् भने भारतीय कम्पनी किन विदेश जान सक्दैनन् । त्यही दिनदेखि उनले आफ्नो व्यवसाय सुरु गर्ने सोचमा काम गर्न थाले । एउटी काकी आफ्नो घर नजिकै मःम बनाउँथिन । उनको स्टलबाहिर लामो लाइन हुन्थ्यो । सागरको मनमा आइडिया फुर्यो । उनी मःमलाई ब्राण्ड बनाउन चाहन्थे र यसैले उनले ‘वाह मःमज’ सुरु गरे ।

उतार चढावपछि सफलता
सुरुका २ वर्ष निकै कठिन रह्यो । उनीहरूसँग पैसा थिएन, ठाउँ थिएन । थोरै मान्छे थिए । यस्तो अवस्थामा दुवैलाई एउटा आइडिया आयो । कम्पनीको नाम र लोगो भएकोे टी–सर्ट दिनभर लगाउने । वाह मःमसको बारेमा मानिसहरूले थाहा पाउनका लागि उनीहरु जहाँ गएपनि त्यही टिशर्ट लगाउने गर्थे । मानिसहरूलाई मःमको स्वादबारे जानकारी गराउन मःम चखाउँथे । चाखेपछि मानिसहरुले पक्कै पनि किन्न आउने उनीहरुको विश्वास थियो । उनीहरुले साधारण मःमलाई ट्विस्ट दिन थाले । स्टीम मःमजको सट्टा, तन्दुरी मःमज, ककलेज मःमज, फ्राइ मःमज, मानिसहरूलाई सर्भ गर्न थाले । उनीहरुको आइडिया हिट भयो ।

५० हजारबाट सुरु भएको कम्पनी अहिले ३२ अर्बको
कोलकाताबाट सुरु भएको यात्रा अब बिस्तारै अघि बढिरहेको छ । साना काउन्टरहरु अहिले आउटेलटमा परिणत भएका छन् । ‘वाह मःमज’ फ्रान्चाइजी आउटलेटहरू भारतभर खुल्दै छन् । आज दैनिक ६ लाख बढी मःम बिक्री भइरहेका् छ । उनीहरूसँग देशको २६ राज्यहरूमा ८००भन्दा बढी स्थानहरूमा बिक्री केन्द्रहरु छन् । बिन्दुहरू छन् । आज कम्पनीको मुल्य ३२ अर्ब नाघेको छ । ‘वाह मःमज’ ले अहिलेसम्म ६८।५ मिलियन डलरको फण्ड जुटाइसकेको छ । सागर दर्यानीले कुनै पनि कामलाई सानो ठान्दैनन्, त्यसैले आज अर्बौंको व्यापार गरिरहेका छन् ।

Share
0Shares
Advertisment