डिसहोमको च्यानल नं १०८ मा ‘अमेरिकन बाबु मेड इन नेपाल’

Share
0Shares

काठमाडौं । अमेरिकामा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को चैत्र १५ गतेदेखि प्रदर्शन हुने भएको छ । तर, चलचित्र हलमा नभई डिसहोमको सिनेमा घर च्यानल नं १०८ मा प्रदर्शन हुने भएको हो ।

हलमा नलागी यो चलचित्र सिधै डिसहोमबाट रिलिज गर्न लागिएको छ । अमेरिकामा अत्याधिक रुचाइएको यो चलचित्र नेपाली हलमा लगाउन निर्माता निर्देशक लामो समय देखि कसरत गरिरहेका थिए तर वितरक तथा हलवालाले बारम्बार झुलाएको भन्दै निर्माता निर्देशकले सिधै डिसहोमबाट प्रदर्शन गर्न लागिएको बताएका छन् । नन्दिता केसी, बाबु बोगटी, स्मृति पोखरेल, राजेश गुरुङ, प्रवेश उप्रेति पललगायतका कलाकारको अभिनय रहेको छ चलचित्रमा ।

अमेरिकामा रहेका नेपालीको लाइफस्टाइललाई चलचित्रबाट जस्ताको त्यस्तै देखाएको निर्देशक इश्वर थापाले जानकारी दिएका छन् । चलचित्रलाई राजेश गुरुङ, मीना रानामगर, सम्झना उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण भएको हो ।

Share
0Shares
Advertisment