बेवारिसे शव निशुल्क सदगतको व्यवस्था मिलाउन पर्यटन मन्त्रालयको पशुपति विकास कोषलाई निर्देशन

Share
0Shares

काठमाडौं, २ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई निशुल्क सदगत गर्ने गरि उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन गरेको छ । असाहाय जीवन यापन गरि कुनै कारणवस मृत्यु हुन गई लामो समय आफन्तहरु सम्पर्कमा आउन नसकेको कारण अस्पताल तथा अन्य क्षेत्रहरुमा बेवारिसे रहेका शवहरुको सद्गत तथा व्यवस्थापन गर्न मन्त्रालयले कोषलाई निर्देशन गरेको हो । मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी वेवारिसे शवका सम्वन्धमा सम्बन्धित स्थानिय तह, स्थानीय प्रशासन, सम्बन्धित अस्पताल आदीवाट प्रमाणित कागजात लिई त्यसको अभिलेख राख्न भनेको छ । साथै, उक्त काम गर्न थप बजेट आवश्यक पर्ने भएमा कार्यविधी निर्माण गरि पशुपति क्षेत्र विकास समितिको बोर्ड÷संचालक समितिमा पेश गर्न उपसचिव दुर्गाप्रसाद भुर्तेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

Share
0Shares
Advertisment