जापानमा चितवनका पाँच पत्रकार सम्मानित

Share
2Shares

टोकियो । जापानको राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत डा दुर्गा वहादुर सुवेदीले बिषेश समारोहका बिच नेपाली पत्रकारलाई सम्मान गरेका छन्।

कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पत्रकारहरु संस्थापक अध्यक्ष तिलक मल्ल सहित चितवनका पत्रकार कृष्ण भण्डारी , हरिप्रसाद पोखरेल , कविकिरण न्यौपाने , बिनोदकुमार सापकोटा र भूषण घिमेरे रहेका छन्। उनिहरु सबै नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक हुन् । नेपालमा भने कृष्ण भण्डारी नेपाल पत्रकार महासंघ , चितवनका पूर्व अध्यक्ष हुन्।

हरिप्रसाद पोखरेल पनि नेपाल पत्रकार महासंघ , चितवनका पूर्व अध्यक्ष एवं वर्तमान जिल्ला र वाग्मती प्रदेशका सल्लाहकार हुन्। कविकिरण न्यौपाने प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ, जापान शाखाका वर्तमान सल्लाहकार रहेका छन्। बिनोदकुमार सापकोटा पनि नेपाल पत्रकार महासंघ, जापान शाखाका वर्तमान सल्लाहकार एवं प्रेस चौतारी चितवनका पूर्व सचिव हुन्। भूषण घिमिरे भने नेपाल रहदाँ नेपाल पत्रकार महासंघका केन्दिय सदस्य भई सकेका थिए।

बाह्र वर्ष अघि नेपाल गएका हरिप्रसाद पोखरेल यसै कार्यक्रमको लागि जापान आएका थिए। नेपाल पत्रकार महासंघ, जापान शाखाको स्थापना सन् २००३ मार्च १३ तारिक भएको थियो। महासंघले आफ्नो १२ वर्षको यात्रा पुरा गरेको छ। स्थापना दिवशको अवशरमा आईतवार अग्रज पत्रकारलाई सम्मान सहित शुभकामना आदान- प्रदान समेत सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदी ले जापानमा पत्रकार महासंघको जग बसालेको संस्थापकहरु लाई आदर र सम्मान गर्न पाउदा खुःशी लागेको बताए।

नेपाल पत्रकार महासंघ , जापान शाखाका अध्यक्ष शान्तकुमार पहरीको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव राजन गौतमले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई महासंघकी उपाध्यक्ष इन्दिरा खनालले स्वागत मन्तव्य राखेकी थिईन।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, संस्थापक सल्लाहकार भूषण घिमिरे , निर्वतमान अध्यक्ष मोहन घले , एनआरएनए एशिया प्यासिफिक उप – संयोजक ददिवल खड्का, नेपाली व्यवशायी संघ , जापानका अध्यक्ष बिजय थकाली , एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल , एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गन, बलेवा समाज जापानकी उपाध्यक्ष शान्ति बस्नेत , जनजाती महासंघ जापानका अध्यक्ष संजिव राई, प्रवाशी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, जन सम्पर्क समिति जापानका सभापति रोशन केसी , अन्तराष्ट्रिय अधिवक्ता बलराम श्रेष्ठ, गल्कोट समाज जापानकी अध्यक्ष कालिका थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

बिभिन्न पेशा , व्यवशाय एवं अध्ययनको शिलशिलामा १ लाख ३० हजारको हाराहारीमा नेपाली रहेको जापानमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरि आबद्ध हुनेको संख्या ६५ रहेको छ।

Share
2Shares
Advertisment