जिम्न्याष्टिक संघ एकिकरण

Share
0Shares

ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा गरियो ।
यसअघि, नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहलाई राष्ट्रिय मान्यता थियो । दुवै पक्षसँग छलफल गरी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयद्वारा गठित राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिले बुझाएको प्रतिवेदनका आधारमा राखेपले जिम्न्याष्टिक संघको पुनर्गठन गरेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका समितिका सदस्य कुलबहादुर थापाले जनाएका छन् ।

एकिकरण घोषणा कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं प्रतिनिधि सभा सांसद् जीवनराम श्रेष्ठ, सांसद् उमेश श्रेष्ठ, उपाध्यक्ष तिम्सिना, राखेपका सदस्य–सचिव केशवक’मार विष्टलगायतको उपस्थिति थियो ।

Share
0Shares
Advertisment