आइपिएल क्रिकेट : दिल्लीको शानदार जीत

Share
0Shares

इन्डियन प्रिमियर लीग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सले ५ विकेटको जीत निकालेको छ।

टस जितेर ब्याटिङ गरेको राजस्थानले दिएको ११६ रनको लक्ष्य दिल्लीले २३ बल बाँकी छदाँ ५ विकेट गुमाएर भेट्टायो। राजस्थानले पुरै ओभरको खेल सकिदा ९ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो। जवाफी ब्याटिङमा दिल्लीले १६. १ ओभरमा ५ विकेट गुमाएर १२१ रन बनायो। दिल्लीको जीतका लागी रिसब पन्तले ३८ बलको सामना गर्दै नट आउट ५३ रन जोडे । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ। चेन्नई सुपर किंग्स १८ अंकसहित पहिलो स्थानमा रहँदा समान अंक भए पनि नेट रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा छ। हारसँगै राजस्थान रोयल्सको आइपिएल यात्रा टुंगिएको छ ।

Share
0Shares
Advertisment