खेर गएर झाडी बनेको जमिनमा प्रयोगशाला निर्माण

कार्यालयमा ज्ञान लिन आउने कृषकलाई आधुनिक तथा वैज्ञानिक खेती सम्बन्धि जानकारी प्रदान गर्नको लागि सहज बनाउन प्रयोगशाला निमार्ण गरिएको हो

Share
1Shares

अमरराज नहर्की÷तनहुँ समाचारदाता

तनहुँ, ३१ भदौ । खेर गएर झाडी बनेको जमिनलाई सदुपयोग गर्दै कृषि ज्ञान केन्द्र तनहुँले कृषि उत्पादनको प्रयोगशाला निर्माण गरेको छ । कार्यालय परिसरमा रहेको झाडी मौलाउँदा सर्प लुक्ने ठाउँ बनेको जमिनमा प्रयोगशाला बनाईएपछि आर्कषक पनि देखिएको छ ।

कार्यालयमा ज्ञान लिन आउने कृषकलाई आधुनिक तथा वैज्ञानिक खेती सम्बन्धि जानकारी प्रदान गर्नको लागि सहज बनाउन प्रयोगशाला निमार्ण गरिएको हो । ‘‘कार्यालयको नाम नै ज्ञान केन्द्र हो ज्ञान दिनु पर्छ भनेर स्थापना गरेका हौं, अझ पहिले झाडी हुँदा कार्यालय परिसरमा नै सर्प आएर टोक्ने डर थियो त्यो पनि हटेको छ’, कार्यालयका प्रमुख कुलप्रसाद तिवारीले भन्नुभयो । प्रयोगशाला कार्यालयको पछाडी रहेको दक्षिणपट्टीको भू–भागमा पाँच रोपनी जमिनमा बनाईएको छ । प्रयोगशाला निर्माणको लागि गत वर्ष गण्डकी प्रदेश सरकारबाट प्राप्त सहयोगबाट चार लाख र डेढ लाख गरी पाँच लाख ५० हजारमा दुई वटा वातावरण अनुकुलको हाईटेक नर्सरी बनाईएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । ‘‘अहिले कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै बालीनालीमा नयाँ÷नयाँ रोग र कीराको प्रकोप बढ्दै गएको छ हामीले यहाँ परिक्षण गरेर कृषकलाई सिफारिस गछौं तिवारीले भन्नुभयो, यसरी काम गर्दा कृषकको लगानी डुब्दैन’’ । रोग र कीराको उपचार तथा त्यसको उचित व्यवस्थापनका लागि विगतका दिनमा प्रवाह हुँदै आएको सेवामा थप प्रभावकारी बनाउन विशेषज्ञ सेवा प्रवाह गर्न केन्द्र स्थापना गरिएकोले प्रयोग शाला निमार्ण गरिएको उहाँको भनाई छ ।

केन्द्रका अनुसार नयाँ÷नयाँ वैज्ञानिक प्रविधि र कृषियन्त्रको विकासले गति लिँदै गएको छ । नेपालका ग्रामीण भेगका अधिकांश किसानले अहिले पनि परम्परागत रुपमा खेती गरिरहेका छन् । कृषि सम्बन्धी आधुनिक यन्त्रको पहुँच बढाउँदै आधुनिक प्रविधिबाट खेती गर्न कृषकलाई सहयोग गर्ने केन्द्रको उद्देश्य र लक्ष्य छ । प्रयोगशाबाट कृषकले आधुनिक प्रविधिको ज्ञान हासिल गर्नसक्ने र उन्नत आधुनिक प्रविधिबाट खेती गरी सुधार ल्याउने योजना केन्द्रको छ । ‘पहिले हामीले परिक्षण गछौं त्यस पछि कुन प्रविधि राम्रो भनेर सिफारिस गर्छौ यसरी गर्दा किसानको लगानी जोखिममा पर्दैन’’ तिवारीले भन्नुभयो । चालु आर्थिक वर्ष देखि उन्नत जातका गोलभेडा, काउली, खुर्सानीको खेती प्रयोगशालामा परिक्षण भईरहेको कार्यालयले जनाएको छ । प्रयोगशालाले परम्परागत खेतीलाई आधुनिक प्रणालीमा रुपान्तरण गर्न मद्दत पुग्ने विश्वास यहाँका किसानको छ । ‘‘केन्द्रले नै परिक्षण गरेपछि ज्ञान लिन सजिलो हुन्छ विशेषज्ञ सेवा प्रवाह भएमा यसबाट हामी लाभान्वित हुन्छौं’’ व्यास नगरपालिका–११ रानीगाउँका कृषक वामदेव मिश्रले भन्नुभयो ।

Share
1Shares
Advertisment