काठमाडौँ, फागुन ११ गते । सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो ।
रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल र सुदृढ बनाउन पहिलो पटकप्रतिरक्षा नीति–२०७७ स्वीकृत भएको जानकारी दिनुभयो ।
राष्ट्रिय सुरक्षा परिषद्, रक्षा, गृह, परराष्ट्र मन्त्रालय र नेपाली सेनालगायत सम्बद्ध निकायसँगको छलफलपछि प्रतिरक्षा नीति निर्माण गरिएको हो ।
मुलुकलाई बाह्य शक्तिको आक्रमणबाट सुरक्षित राख्न तथा सामना गर्न तयार पारिएको रणनीति तथा योजना र जिम्मेवारी समेटिएको प्रतिरक्षा नीतिले राष्ट्रलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ ।
राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति
११ फाल्गुन २०७७, मंगलवार
289
Share
Advertisment