रगत अभाव भइरहेको बेलामा न्यूरोडमा रक्तदान

Share
0Shares

काठमाडौँ, ११ साउन ः बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजनामा हालै न्यूरोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ६० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष लबेन्द्रसिंह मल्लले जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको राससलाई जानकारी दिनुभयो ।

लायन्स क्बल अफ काठमाडौँ समर्पणले गतवर्ष कोरोना कहरको समयमा सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेर समाजसेवा गर्दै आएको थियो । २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लवले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।

यस्तै, सोही क्लबले यो वर्ष विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएको अवस्थामा ललितपुरको जावलाखेलमा ‘जे एण्ड जे निशुल्क कोभिड क्लिनिक’ स्थापना गरि समाजसेवा गर्दै आएको थियो भने चावहिलमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

Share
0Shares
Advertisment