नयाँ दिल्ली । सन् २०१५ मा भारतीय टोली अष्ट्रेलियाको भ्रमणमा थियो । टेस्ट शृंखला चलिरहेका बेला महेन्द्रसिंह धोनीले कप्तानबाट राजीनामा दिएको घोषणा गरे ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसिसीआई) ले विराट कोहलीलाई कप्तानमा नियुक्त गर्यो । कप्तान बनेपछि उनले पहिलो, दोस्रोमा मात्र होइन लगातार तीन पालीमा सतक बनाए । टेस्ट कप्तानका रुपमा त्यसअघि कुनैपनि ब्याट्सम्यानले सुरुका तीनवटा पालीमा सतक बनाएको इतिहास थिएन ।
सन् २०१७ मा मात्र कोहलीले टेस्ट क्रिकेटमा चारवटा दोहोरो सतकसहित ५ सतक बनाए । त्यसै वर्ष उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ६ सतक बनाएका थिए ।
उनी एउटै क्यालेन्डर वर्षमा १० वटा सतक बनाउने पहिलो कप्तान बनेका थिए । उनले ७ पटक बनाएको दोहोरो सतक कप्तानका रुपमा कुनैपनि खेलाडीले प्राप्त गर्न नसकेको सफलता हो । यस्ता धेरै उपलब्धीहरु कोहलीले कप्तानका रुपमा लेखाएका छन् ।
उनै कोहली अहिले भारतीय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारीमा छैनन् । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टोलीले तीन खेलको टेस्ट शृंखला २—१ ले गुमाएपछि ३३ वर्षीय कोहलीले कप्तानबाट समेत राजीनामा दिएका थिए ।
त्यसअघि गत टी—२० विश्वकप क्रिकेटको पूर्व सन्ध्यामा उनले आफूले विश्वकपपछि टी—२० कप्तान छाड्ने घोषणा गरेका थिए । त्यसको केही समयमा बीसिसिआईले कोहलीलाई एकदिवशीय टोलीको कप्तानबाट पनि हटाएको थियो ।
कप्तानको विषयमा कोहली र बीसीसिआईबीच तनावको स्थिती नै देखियो । बिसीसिआईका पदाधिकारीले टी—२० कप्तान नछाड्न गरिएको आग्रह कोहलीले नमानेको आरोप लगाएको थियो । तर कोहलीले आफ्नो निर्णयलाई बिसिसीआईले त्यतिबेला सजिलै मानेको दावी गरेका थिए ।
कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ७० सतक बनाएका छन् । एकदिवशीयमा ४३ र टेस्ट क्रिकेटमा २७ पटक सतक बनाएका छन् । उनी एक्टिभ खेलाडीमध्ये सर्वाधिक सतक बनाएका ब्याट्सम्यान हुन् ।
कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा छन् । भारतकै सचिन तेन्दुलकर एक सय सतकसहित पहिलो र अष्ट्रेलियाका रिक्की पोन्टिङ ७१ सतकसहित दोस्रो स्थानमा छन् ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दोस्रो पालीमा २६ सतक बनाएका छन् । उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो पालीमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यान हुन् ।
कोहलीले दुई वर्षभन्दा बढी समययता सतक बनाउन सकेका छैनन् । यो प्रदर्शनले सचिनको सर्वाधिक सतकको कीर्तिमान भेट्ने सम्भावनाबाट उनी टाढा भइरहेका छन् ।
कोहलीले टेस्ट क्रिकेटतर्फ सन् २०१९ को नोभेम्बर र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटतर्फ सन् २०१९ को अगष्टमा अन्तिमपटक सतक बनाएका थिए । उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने हालसम्म सतक बनाउन सकेका छैनन् ।
कोहली कप्तानका रुपमा सर्वाधिक टेस्ट जित्ने खेलाडीका रुपमा भारतीय कीर्तिमान बनाएर जिम्मेवारीबाट बाहिरिएका छन् । उनको कप्तानीमा भारतले ६८ खेल खेलेकामा ४० जित, ११ बराबरी र १७ हारको नतिजा निकालेको थियो ।
उनी कप्तानका रुपमा धेरै खेल जित्ने खेलाडीको सूचीमा विश्वका खेलाडीमध्ये चौथो स्थानमा पर्छन् । महेन्द्रसिंह धोनीले ६० खेलमा २७ र सौरभ गांगुलीले ४९ खेलमध्ये २१ टेस्ट जितेका थिए । कोहलीले कप्तानका रुपमा जितेका ४० टेस्टमध्ये १६ भारतभन्दा बाहिर थिए ।
क्रिकेट कप्तानको रूपमा कोहलीको सफलता निर्विवाद छ, उनी आफ्नो डाउनटाइममा Slotogate खेल खेल्न पनि रमाउँछन्। जुनसुकै ठाउँबाट, जुनसुकै बेला पनि खेल्न सक्ने सुविधाको साथ, अनलाइन क्यासिनो गेमहरूले कोहलीलाई आफ्नो व्यस्त तालिकाको समयमा उत्तम भाग्ने मौका दिन्छ।
कोहलीको कप्तानीमा भारतले खेलेका २ सय १३ खेलमध्ये एक सय ३५ वटा जितेको थियो भने ६० वटामा हारेको थियो । ११ वटा बराबरीमा सकिएका थिए । चार खेल नतिजाविहिन बनेका थियो ।
यतिबेला भारतीय क्रिकेट टोलीको प्रदर्शन खराब देखिएको छ। दक्षिण अफ्रिकामा भारतीय टोलीले टेस्टपछि एकदिवशीय शृंखला पनि गुमाएको छ । कोहली रन बनाउन संघर्षरत छन् ।
दक्षिण अफ्रिकाविरुद्ध भर्खरै सम्पन्न तीन खेलको टेस्ट शृंखलामा एकपटक मात्र ५० रनको आँकडा पार गर्न सफल भए । जारी तीन खेलको एकदिवशीय शृंखलाअन्तर्गत पहिलोमा ५१ रन बनाएका कोहली दोस्रो खेलमा खाता खोल्न पनि सफल भएनन् ।
कम्तिमा उनीसामु एकदिवशीय अन्तरर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाउन सक्ने ‘रियल चान्सेस’ छ। एकदिवशीय अन्तरर्राष्ट्रिय क्रिकेटमा कोहलीभन्दा सचिन तेन्दुलकरले मात्र बढी सतक बनाएका छन् । सचिनको नाममा ४९ वटा एकदिवशीय सतक छ ।
Share