ज्ञान लिम्बुको शब्दमा ‘यो जीवन’ सार्वजनिक

Share
0Shares

काठमाडौँ ।  प्रेमिल शैलीको ‘यो जीवन’ शिर्षकको म्युजिक भिडियो लिएर गायक बादल लिम्बु र गायिका मेलिना राई आएका छन्।

[youtube v=”NILuTTQFWmU”]

यस गीतलाई  ज्ञान लिम्बुले लेखेका हुन् भने स्वयम् गायक लिम्बुले यस गीतलाई संगीतवद्द र संगीत संयोजन गरेका हुन्।  यसअघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका गायक  लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन । पहिलो नेपाली आईडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन्।

यस गीतको भिडियोमा प्रेमी प्रेमिकाले एक अर्का प्रति गरेका वाचा र प्रेमभाव प्रकट गरेका छन्। भिडियोमा  सुजता थुलुङ र बादल लिम्बु फिचर्ड छन्  भने साथमा अतिथि भुमिकामा कलाकार तथा निर्देशक उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय देख्न सकिन्छ। सुरेश राई सहायक निर्देशक रहेको यस भिडियोलाई किरण राईको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक युट्युव च्यानल ‘बादल लिम्बु’ मार्फत भिडियो सार्वजनिक भएको हो।

Share
0Shares
Advertisment