निशाको स्वर, बिष्णुबाबुको शब्दमा ‘ओ प्रिया’ सार्वजनिक

Share
0Shares

काठमाडौँ । गायिका निशा कंडेलले  आफ्नो बिल्कुलै नयाँ गीत ‘तस्बिर २ – ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

रोमाण्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक अमन प्रधानले स्वरमा साथ दिएका छन्। ‘तस्विर’ बोलको निरन्तरता रहेको यस गीतलाई तस्विरकै गीतकार बिष्णुबाबु देवकोटाले लेखेका हुन्।  टिका  दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा दर्शक स्रोता माझ लोकप्रिय कलाकार आकाश श्रेष्ठ र पुजा शर्माको जोडीलाई प्रस्तुत गरिएको छ।  यस अघिको ‘तस्विर’ भिडियोमा समेत यहि जोडीको अभिनय रहेको थियो। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको  आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायिका कंडेलले ‘सधैलाई’ , ‘नेपाली छोरी’, ‘म के भनौ’ म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छन्।

Share
0Shares
Advertisment