मुटुरोग भएकी १३६ किलोकी महिलाको नर्भिकमा दुरबिनबाट एकै पटक दुई जटिल शल्यक्रिया सम्पन्न

Share
0Shares

काठमाडौ २९ मंसिर । नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा। नुतन शर्मा, बरिष्ठ सर्जन डा। सञ्जय पौडेल, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा।जेपी जैसवाल र डा। सुरेश लामिछानेसहितको टिमले करिब साढे २ घण्टा लगाएर ललितपुर पाटनकी ३८ बर्षिय रत्ना महर्जनको जटिल शल्यक्रिया गरेको हो ।

सामान्यतः १ सय ३६ किलो तौल भएका बिरामीको दरबिन प्रविधिबाट पाठेघर र पित्त थैलीको एकै पटक शल्यक्रिया गर्नु निकै कठिन भएपनि अस्पतालमा उपलव्ध अन्तराष्ट्रिय स्तरको सुविधाका कारण सहज रुपमा बिरामीको शल्यक्रिया सम्पन्न गर्न सकिएको डा। शर्माले बताइन ।

पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्याका कारण बिरामी सामान्य हिडडुल गर्न नसक्ने अवस्थामामा हुनुहुन्थ्यो, ल्याप्रोस्कोपिक सर्जन डा। शर्माले भनिन, शल्यक्रियाको दुई दिनमा उहाँ राम्रोसँग हिड्ने अवस्थामा हुनुहुन्छ, शल्यक्रियाको तीन दिनमै उहाँलाई भोली हामी डिस्चार्ज गर्दैछौ ।

दुरबिनबाट शल्यक्रिया गरेका कारण अवको एक हप्तापछि उहाँले नियमित काम गर्न सक्ने डा। शर्माले बताइन । शरीरको बढी तौलका कारण मुटुको समस्या हुँदा समेत सहज ढंगले शल्यक्रिया सम्पन्न भएको भन्दै महर्जनले खुशी व्यक्त गरिन ।

बढी तौल भएकाहरुको पेट चिरेर शल्यक्रिया गर्दा रगत धेरै बग्ने, घाँउ निको हुन समय लाग्ने र घाउ पाक्ने जस्ता समस्या आउने भएकाले बिरामीलाई अधिक आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्कहरुको भनाई छ । आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा। शर्माले बताइन ।

टेष्ट ट्युव बेवी बिशेषज्ञ समेत रहेकी डा।शर्माले गत असारमा नर्भिक अस्पतालमै १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रशुती गराएकी थिइन ।

Share
0Shares
Advertisment