‘छाडी गयौ’बोलको हृदयस्पर्शी भिडियो सार्वजनिक

Share
0Shares
काठमाडौँ ।  कोरना संक्रमित भएर अकालमा ज्यान गुमाउने प्रिय व्यक्ति प्रति समर्पित हृदयविदारक गीत ‘छाडी गयौ’को  म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको रहेको छ।  गीतमा स्वर  केतन क्षेत्रीको स्वरमा रहेको छ भने सुभाष भुषालले यस गीतलाई संगीतवद्द  गरेका हुन्।  गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन्।  बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।

तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।  यसअघि गीतकार रसाइलीले ‘मनमा भाको तिमी’, ‘ज्यान दिन राजी भाको छु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

Share
0Shares
Advertisment