तमु ल्होछारले संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिनेछ : प्रधानमन्त्री ओली

Share
0Shares

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ्ग) समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।

उहाँल आज एक शुभकामना सन्देश जारी गरी तमु समुदायको महान् पर्व तमु ल्होछारका अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Share
0Shares
Advertisment